२४ जेठ २०८३, आइतबार

प्रतिनिधिसभा विघटनको सिफारिस, कार्तिक २६ र मंसिर ३ मा चुनाव

प्रतिनिधिसभा विघटनको सिफारिस, कार्तिक २६ र मंसिर ३ मा चुनाव

सरकारले प्रतिनिधि सभा विघटनको सिफारिस सहित आगामी कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधि सभाको नयाँ निर्वाचनको मिति घोषणा गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा विघटन गर्दै चुनावको मिति घोषणा गर्न सिफारिस गर्ने  निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

संविधानको धारा ७६ को उपधारा ५ अनुसारको सरकार गठनका लागि दिएको समयमा परेका दुइ निवेदन मध्ये कसैले प्रतिनिधि सभामा बहुमत जुटाउन नसक्ने भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्ताव अस्वीकृत गरेकी थिइन् ।

त्यसपछि मन्त्रिपरिषद् बैठक बसेर प्रतिनिधि सभाको विघटन सिफारिश गरेको हो । 

यसअघि सरकारले २०७७ पौष ५ गतेपनि प्रतिनिधि सभा विघटनको सिफारिश गरेको थियो । लगत्तै राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गरेपनि प्रक्रिया नपुगेको भन्दै सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधि सभा पुनःस्थापना गरिदिएको थियो । 


 

salt training

कमेन्ट गर्नुहोस्