०७ असार २०८३, आइतबार

मेस्सीले सिजनको अन्तिम खेल नखेल्ने

जेठ ८, २०७८
मेस्सीले सिजनको अन्तिम खेल नखेल्ने

स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले ला लिगा अन्तर्गत सिजनको अन्तिम खेल नखेल्ने भएका छन् ।

बार्सिलोनाले सिजनको अन्तिम खेलमा आइतबार इबरसँग खेल्नेछ ।

तर, बार्सिलोनाले मेस्सीलाई अन्तिम खेलमा आरामको मौका दिएको हो ।

बार्सिलोनाले आइतबार हुने अन्तिम खेल नखेल्ने पुष्टि गरेको छ ।

मेस्सी अर्को महिनाबाट सुरु हुने कोपा अमेरिकाको लागि आराम गर्ने बताइएको छ ।

कोपा अमेरिका जुन १३ बाट अर्जेन्टिनामा सुरु हुनेछ ।

मेस्सी शुक्रबार टिमको प्रशिक्षणमा समेत उपस्थित भएका थिएनन् ।

बार्सिलोना यस सिजन उपाधि होडबाट बाहिरिसकेको छ ।

मेस्सीको बार्सिलोनासँगको सम्झौता समेत यस सिजनको अन्त्यसँगै सकिदैछ ।

कमेन्ट गर्नुहोस्