
नेकपा एमालेभित्र विवाद चर्किएका बेला बागमती प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापालाई हराउन भूमिका खेलेको भन्दै १४ सांसदलाई स्पष्टीकरण सोधिएको छ ।
एमाले प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा शनिवार बसेको संसदीय बोर्डको बैठकले माधवकुमार नेपाल पक्षका १४ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
सांसद अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुणप्रसा नेपाल, वसन्तप्रसाद मानन्धर, रचना खड्का, कृष्णप्रसाद शर्मा खनाल, शान्तिप्रसाद पौडेल, मुनु सिग्देल, इन्द्रमाया गुरुङ, मिना ज्ञवाली, बसुन्धरा हुमागाई, लक्ष्मण लम्साल, कुसुमकुमार कार्की, पार्वती सिलवाललाई स्पष्टीकरण सोधिएको स्रोतले जनाएको छ ।
स्पष्टीकरण चित्तबुझ्दो नभए कारवाही गर्ने तयारी गरिएको छ ।