उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले झ्याप्ले कपाल पाल्न र गोडामा चिपिक्क टाँसिने टाइट जीन्स लगाउन प्रतिबन्ध लगाएका छन् ।
पतनोन्मुख पश्चिम संस्कृतिले देशका युवालाई आक्रान्त पारिरहेको भन्दै उनले प्रतिबन्धको घोषणा गरेका हुन् ।
पूँजीवादी जीवनशैलीको अतिक्रमणलाई नरोकेमा देश मक्केको भित्तो झैं ढल्ने सरकारी पत्रिकाले दाबी गरेको छ ।
कपाल रंगाउने, ठाडो पार्ने, मुन्द्रा लगाउनेहरूलाई श्रम शिविर पठाइने नयाँ कानून ल्याइएको छ ।
मलेट हेयरस्टाइल अर्थात् अगाडि छोटो र पछाडि लामो कपाल पाल्ने शैलीलाई पनि प्रतिबन्ध लगाइएको छ ।
उत्तर कोरियाको पत्रिका रोदोङ सिनमुनले बिहीवार लेख्यो, ‘पूँजीवादी जीवनशैलीको सानो संकेत पाउँदा पनि हामी चिन्तित हुनुपर्छ र त्यसबाट मुक्त हुनुपर्छ ।’
देशमा १५ किसिमका हेयरस्टाइल मात्र राख्न पाइने दाबी गरिएको छ ।
यससँगै दक्षिण कोरियाली भिडियो राख्नेहरूमाथि पनि कठोर सजायको व्यवस्था गरिएको छ ।