
नेपाल चार्टड एकाउन्टेन्ट्स संघले काठमाडौंको नागार्जुन नगरपालिका वडा नं १, ईचाङ्गुनारायण रानीवनमा अक्सिजन सहितको ३०० शैया क्षमताको नेपालकै ठूलो आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ ।
संघले सरकारको खाली रहेको ब्लक ए भवनमा शनिवारदेखि केन्द्र सञ्चालनमा ल्याएको हो ।
उक्त आइसोलेसन केन्द्र अनुमती प्राप्त सर्वाङ्ग स्वास्थ्य सदन सेवा केन्द्र प्रा.लि. संस्थाको प्राविधिक सहयोगमा एक्यानले सञ्चालन गर्ने छ ।
समयमै कोरोनाको सामान्य लक्षण देखिना साथ अक्सिजनको ब्याकअप र नर्स र चिकित्सकको चौबिसै घण्टा निगरानीमा आइसोलेसनले सेवा उपलब्ध गराउने संघले जनाएको छ ।
संघका अनुसार, यसलाई ३ महिनासम्म सन्चालनमा ल्याइने छ । हाल सुरुमा ५० शैया अक्सीजन युक्त रहने आईसोलेसन केन्द्र एक हप्तामा पूर्ण क्षमतामा सञ्चालन हुनेछ ।