२४ जेठ २०८३, आइतबार

दलाई लामाका उत्तराधिकारी मानिएका व्यक्तिमाथि महिलाले दायर गरिन् मुद्दा

जेठ ९, २०७८
दलाई लामाका उत्तराधिकारी मानिएका व्यक्तिमाथि महिलाले दायर गरिन् मुद्दा

दलाई लामाका उत्तराधिकारीका रूपमा लिइएका ओग्येन त्रिन्ले दोर्जेविरुद्ध भिक्की हुई सीन हानले आफूहरूको विवाह जस्तो सम्बन्ध रहेको भन्दै सन्तानको हेरचाह र आफ्नो खर्चका लागि मुद्दा दायर गर्ने भएकी छन् ।

दोर्जेलाई उनका करोडौं अनुयायीहरू १७औं ग्यालवाङ कर्मापा मान्छन् । भिक्कीले दोर्जेलाई चारपटक मात्र भेटेको बताइन् । 

क्यानडाको ब्रिटिश कोलम्बियामा बस्ने हानलाई त्यहाँको अदालतले दोर्जेविरुद्ध मुद्दा दायर गर्नका लागि अनुमति दिएको बताइएको छ । 

हान बौद्ध भिक्षुणी बन्नका लागि न्यासध्यान गरिरहेकी छन् । सन् २०१७ मा दोर्जे न्युयोर्कको भ्रमणमा आउँदा आफू गर्भवती बनेको उनी दाबी गर्छिन् । 

आफूहरूबीच प्रेमिल र स्नेही सम्बन्ध कायम भएको र मेसेज, ईमेल र टेलिफोनमार्फत सम्पर्क गरिरहेको उनी बताउँछिन् । दोर्जेले आफूलाई सात लाख डलरभन्दा बढी रकम पठाएको दाबी पनि उनले गरेकी छन् ।
 

कर्मापा लामाले हानसँग कुनै किसिमको शारीरिक सम्बन्ध नरहेको बताएका छन् । आफूले भावनात्मक र आर्थिक सहयोग मात्र गरेको उनको भनाइ छ ।

बौद्ध धर्ममा भिक्षुहरूबीचको यौन सम्पर्कलाई पाप मानिन्छ । 

अप्रिल २०२२ मा यो मुद्दा पुर्पक्षमा जाने सम्भावना छ । 
 

salt training

कमेन्ट गर्नुहोस्