०१ असार २०८३, सोमबार

कुन धातुले बनेका छन् लेवान्डोस्की ? बनाए कीर्तिमान !

जेठ ९, २०७८
कुन धातुले बनेका छन् लेवान्डोस्की ? बनाए कीर्तिमान !

जर्मनीको शीर्ष फूटबल क्लब बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले एक सीजनमा ४१ गोल हानेर बुन्डेसलिगाको कीर्तिमान कायम गरेका छन् । 

शनिवार अग्सबर्गसँगको खेलमा एक गोल गर्दै लेवान्डोस्कीले गर्ड मुलरको कीर्तिमानलाई पछि पारेका हुन् । 

गत साता नै लेवान्डोस्कीले मुलरको ४० गोलको कीर्तिमानको बराबरी गरेका थिए । 
 

अग्सबर्गसँगको प्रतिस्पर्धाअघि नै बायर्नले लगातार नौपटक उपाधि जितिसकेको थियो । 
 

लेवान्डोस्कीले ९०औ मिनेटमा मात्र गोल गरेका थिए र त्यो नै उनलाई इतिहासका पुस्तकमा दर्ज गर्न पर्याप्त रह्यो । 

लेवान्डोस्कीको गोलअघि बायर्न ४–२ ले अघि थियो र यस जीतसँगै बायर्नले प्रशिक्षक हान्सी फ्लिकलाई गजबको बिदाइ दियो । 
 

लेवान्डोस्कीले यस सीजनमा सबै प्रतियोगितामा गरी ४८ गोल गरेका छन् । 

यसअघिको सीजनमा लेवान्डोस्कीले ५५ गोल गरेका थिए र त्यतिखेर बायर्नले तीनवटा उपाधि जितेको थियो । 

बायर्नका महानतम खेलाडीहरूमा लेवान्डोस्कीको नाम दर्ज भइसकेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्