२६ जेठ २०८३, मंगलबार
विश्वकप फुटबल शृंखला- २९

बोस्नियाको रोलर-कोस्टर यात्रा : युद्धको विभीषिकाबाट १२ वर्षपछि विश्वकपमा पुनरागमन

जेठ २६, २०८३
काठमाडौं
बोस्नियाको रोलर-कोस्टर यात्रा : युद्धको विभीषिकाबाट १२ वर्षपछि विश्वकपमा पुनरागमन

‘म बोस्नियाबाट आएको हुँ, मलाई अमेरिका लैजाऊ’, जेनिकाको रंगशालामा गुन्जिएको यो गीतले खेलको समर्थनमात्र गरिरहेको थिएन, बरु एउटा सिंगो राष्ट्रको सपना पनि बोकेको थियो ।

अन्तत: समर्थकको त्यो चाहना र खेलाडीको कठोर परिश्रमले सार्थकता पाएको छ । बोस्निया एन्ड हर्जगोभिना १२ वर्षको लामो प्रतीक्षापछि पुन: फिफा विश्वकपको विशाल मञ्चमा उभिँदै छ ।

सन् २०२६ को फिफा विश्वकपमा स्थान सुरक्षित गरेसँगै बोस्नियाली फुटबलमा नयाँ ऊर्जा पनि सञ्चार भएको छ ।

क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिकामा आयोजना हुने फुटबलको महाकुम्भमा बोस्निया एन्ड हर्जगोभिना आफ्नो दोस्रो सहभागिता जनाउने तयारीमा छ ।

बारुदको देशमा फुटबलको प्रवेश

सन् १९९२ मा स्वतन्त्रताको घोषणा गर्दा बोस्निया एन्ड हर्जगोभिनाले एउटा भयानक गृहयुद्धको सामना गरिरहेको थियो । देशैभरी बारुदको गन्ध थियो ।

null

तर, त्यही धुवाँ र बारुदको गन्धबीचबाट एउटा सपना जन्मिएको थियो, विश्व फुटबलको महाकुम्भमा आफ्नो झण्डा फहराउने ।

आज त्यही सपनाको इतिहास पल्टाउँदा बोस्नियाली फुटबलले तय गरेको सँघर्षपूर्ण बाटो कुनै चलचित्रको कथाभन्दा कम लाग्दैन ।

बोस्नियामा फुटबलको शुरूआत कुनै भव्य स्टेडियमबाट भएको थिएन । सन् १९०३ मा बुडापेस्टबाट आएको पहिलो फुटबल मोस्टार शहरका बालबालिकाको हातमा पुग्दा सायद कसैले सोचेका थिए, यही खेलले भविष्यमा सिंगो राष्ट्रलाई जोड्नेछ ।

अस्ट्रो–हंगेरियन शासनकालमा शुरू भएको यो खेल प्रारम्भमा केही विद्यार्थी र सैनिकमा मात्र सीमित थियो । तर, समयसँगै यो शहर–शहरमा फैलियो । कालान्तरमा साराएभोको ‘डर्बी’ बोस्नियाली फुटबलको मुटु नै बन्नपुग्यो ।

युगोस्लाभियाको विरासत र तितो विखण्डन

स्वतन्त्रताअघि बोस्नियाली खेलाडीहरू युगोस्लाभियाको राष्ट्रिय टोलीका मेरुदण्ड थिए । सन् १९८२ र सन् १९९० को विश्वकपमा सफेट सुसिक र फारुक हादिजबगिचजस्ता खेलाडीले देखाएको जादुले विश्वलाई बोस्नियाली प्रतिभाको शक्ति चिनाएको थियो ।

तर, सन् १९९० को दशकको सुरुवातमा भएको युगोस्लाभियाको विखण्डनले सबै कुरा चकनाचुर बनाइदियो । क्लबहरू विघटन भए, पूर्वाधार ध्वस्त भए र खेलाडीहरू पनि छरपस्ट भए ।

कठिन शुरूआतदेखि विश्वकपको ढोकासम्म

युद्धको घाउ बोकेर सन् १९९२ मा फुटबल संघको स्थापना भयो । सन् १९९६ मा फिफाबाट मान्यता पाएपछि बोस्नियाले आफ्नो छुट्टै पहिचान बनाउन शुरू गर्‍यो ।

सन् १९९८ देखि सन् २०१० सम्मका छनोट चरणहरू सँघर्ष र अनुभव बटुल्ने क्रममै बिते । कहिले प्ले–अफमा पोर्चुगलसँग पराजित, त कहिले गोलअन्तरले बाहिरिने ती दिनहरूले टोलीलाई झन् बलियो बनाउँदै ल्याएको थियो ।

सन् २०१४ को ऐतिहासिक सहभागिता

बोस्नियाली फुटबलको इतिहासमा सन् २०१४ को ब्राजिल विश्वकप स्वर्ण अध्याय हो । सफेट सुसिकको प्रशिक्षण र एडिन डेको, मिरालेम प्यानिच, वेदाद इबिसेभिचजस्ता खेलाडीको ‘गोल्डेन जेनरेसन’ले छनोट चरणमा अपराजित रहँदै इतिहास रच्यो ।

छनोट चरणमा लिथुनियाविरुद्धको १–० को जितमा जब इबिसेभिचले गोल गरे, सारायेभोदेखि विश्वभर छरिएका बोस्नियालीहरू सडकमा उत्रिए । उनीहरूका लागि यो केवल एउटा जित थिएन, युद्धको घाउ मेटाउने राष्ट्रिय एकताको उत्सव पनि थियो ।

null

त्यतिबेला बोस्निया एन्ड हर्जगोभिना छनोट प्रतियोगिताको समूह ‘जी’मा थियो । बोस्नियाली टोलीले छनोट चरणमा आफूले खेलेको १० मध्ये आठ खेलमा जित हात पार्दै ब्राजिलको अविस्मरणीय यात्रा तय गरेको थियो ।

ब्राजिल विश्वकपमा पनि बोस्नियाली टोलीको प्रदर्शन सन्तोषजनक नै थियो । अर्जेन्टिना, नाइजेरिया र इरानको समूहमा परेको बोस्नियाले पहिलो सहभागितामै इरानलाई ३–१ गोलले हराएको थियो ।

पेनाल्टीको त्यो रोमाञ्चक यात्रा

सन् २०१४ को ब्राजिल संस्करणमा ‘डेब्यू’ गरेयता बोस्निया एन्ड हर्जगाभिनाका लागि विश्वकप यात्रा निकै चुनौतीपूर्ण रह्यो ।

तर, यसपटकको छनोट प्रतियोगितामा टोलीले जादुमयी प्रदर्शन गर्‍यो । युरोपेली क्षेत्रको प्ले–अफको सेमिफाइनलमा बोस्नियाले वेल्सलाई पेनाल्टी सुटआउटमा स्तब्ध: बनायो ।

त्यसपछि बोस्निया एन्ड हर्जगोभिनाको टोलीले प्ले–अफको फाइनलमा शक्तिशाली इटालीलाई पनि सोही नियति चखाउँदै विश्वकपको टिकट काट्यो ।

जेनिकामा भएको निर्णायक खेलमा निर्धारित र अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटतर्फ धकेलिएको थियो ।

त्यसपछि, एस्मिर बाजराक्टारेभिचको निर्णायक प्रहारले इटालीका गोलरक्षक जियानलुइजी डोनारुमालाई स्तब्ध: बनयो र पूरै बोस्निया उत्सवमा डुब्यो ।

सर्गेज बारबारेज : पोकर खेल्ने चतुर रणनीतिकार

बोस्निया एन्ड हर्जगोभिनाको यो टोलीको कमान्ड ५४ वर्षीय सर्गेज बारबारेजको काँधमा छ । सन् २०२४ मा मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका बारबारेज निकै रोचक व्यक्तित्व हुन् ।

बुन्डेसलिगामा आफ्नो खेल कौशल देखाइसकेका उनी फुटबल बाहिर व्यावसायिक ‘पोकर’ खेलाडीका रूपमा पनि चिनिन्छन् ।

आफ्नो पहिलो प्रमुख व्यवस्थापकीय भूमिकामा रहेका बारबारेजले ४–४–२ को फर्मेसनमा युवा प्रतिभा र अनुभवी खेलाडीको सन्तुलन मिलाएका छन् ।

null

प्रमुख प्रशिक्षक बारबारेजको रणनीतिले नै छनोट चरणमा टोलीलाई कठिन प्रतिस्पर्धाका बाबजुद महत्वपूर्ण सफलता दिलाएको थियो ।

एडिन डेकोको नेतृत्वमा नयाँ सपना

टोलीका कप्तान र सबैभन्दा धेरै खेल खेल्ने कीर्तिमानी खेलाडी एडिन डेको अहिले पनि टोलीका मुख्य आधारस्तम्भ हुन् ।

छनोट चरणमा ६ गोल गर्दै टोलीलाई डोर्‍याएका डेकोको अनुभव यो विश्वकपमा बोस्नियाका लागि सबैभन्दा ठूलो हतियार बन्नेछ । 

उनीसँगै युवा खेलाडीहरू एस्मिर बाजराक्टारेभिच र केरिमु अलाजबेगोभिचको आक्रामक खेलले पनि विपक्षी टोलीलाई कडा चुनौती दिने निश्चित छ ।

क्यानाडा, स्विट्जरल्यान्ड र कतारसँगको कठिन चुनौती

सन् १९९२ को स्वतन्त्रता प्राप्तिपछि युद्ध र अस्थिरताको लामो कालखण्ड छिचोल्दै बोस्निया एन्ड हर्जगोभिनाले विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएको छ ।

यो बाल्कन राष्ट्रले अन्तत: १२ वर्षको लामो प्रतीक्षापछि पुन: विश्वकपमा पुनरागमन गरेको छ । सन् २०२६ को फिफा विश्वकपको समूह चरणको ‘ड्र’ सार्वजनिक भएसँगै बोस्नियाली समर्थकमा फेरि एकपटक नयाँ उत्साह सञ्चार भएको छ ।

बोस्नियाको टोली यसपटक समूह ‘बी’ मा परेको छ । यो समूहमा आयोजक राष्ट्र क्यानडा, युरोपेली शक्ति स्विट्जरल्यान्ड र एसियाली टोली कतार पनि छन् ।

कागजमा हेर्दा यो समूह निकै प्रतिस्पर्धात्मक देखिएको छ । एकातर्फ घरेलु मैदानको साथ पाएको क्यानाडाको तीव्र गति, अर्कोतर्फ स्विट्जरल्यान्डको अनुशासित युरोपेली फुटबल ।

त्यसमाथि, कतारको जुझारू शैलीलाई पन्छाउँदै नकआउट चरणमा पुग्नु बोस्निया एन्ड हर्जगोभिनाका लागि मुख्य चुनौती हुनेछ ।

सन् २०१४ को अनुभवलाई सम्झँदै र त्यो बेलाको ‘पहिलो जीत’ को विरासतलाई कायम राख्दै यसपटक टोलीले कस्तो प्रदर्शन गर्ला ? सारा विश्वको आँखा अहिले त्यसैमा केन्द्रित छ ।

समग्रमा, बोस्नियाली फुटबलको इतिहासले के सिकाएको छ भने, बारुदको धुवाँबीचबाट जन्मिएको यो टिमले हरेक पटक शून्यबाट शुरू गरेर सगरमाथा चढ्ने साहस राख्छ ।

आजको दिनमा बोस्नियाली फुटबल केवल केही खेलाडीको खेलमात्र होइन, यो युद्धबाट उठेर विश्व मञ्चमा आफ्नो अस्तित्व खोजिरहेको एउटा सिंगो राष्ट्रको कथा हो ।

विश्वकपसँग जोडिएका केही सम्झना :

० पहिलो विश्वकप गोल : सन् २०१४ को विश्वकपमा अर्जेन्टिनाविरुद्धको खेलमा वेदाद इबिसेभिचले गरेको गोल, जसले फुटबल महाकुम्भमा बोस्नियाको नाम लेखायो ।

० ऐतिहासिक जित :सन् २०१४ को विश्वकपमा इरानविरुद्ध ३–१ को जित बोस्निया एन्ड हर्जगोभिनाको पहिलो जित थियो । उक्त खेलमा डेको, प्यानिच र भर्सजेभिचले गोल गरेका थिए । त्यो जित बोस्नियाको विश्वकप इतिहासको पहिलो र एकमात्र जित हो । 

० कठोर संघर्ष : अर्जेन्टिना र नाइजेरियासँगको झिनोअन्तरको हारले टोलीको अनुभवहीनतालाई उजागर गरे पनि बोस्नियाले आफ्नो आक्रामक शैलीबाट करोडौँ खेलप्रेमीको मन जितेको थियो ।

विश्वकप फुटबलबारे यसअघिका शृ‌खला :

- १२ वर्षपछि विश्वकपमा कोटे डी आइभोर : ड्रोग्बा र टुरेको विरासत बोकेको ‘द एलिफेन्ट्स’ले इतिहास रच्ला त ?

- २२ औं फिफा विश्वकप-२०२२ : कतारमा लेखिएको फुटबलको महाकाव्य, जसले ‘अजेय’ मेसीको सपना साकार पार्‍यो

- २१औँ फिफा विश्वकप : कीर्तिमान, विवाद, नाटक र रोमाञ्चक फुटबलको अविस्मरणीय गाथा

- २०औँ फिफा विश्वकप : ‘माराकाना’को महासंग्राम, स्वारेजको चर्तिकला र जर्मनीको ऐतिहासिक यात्रा

- १९औँ फिफा विश्वकप : अफ्रिकी धर्तीमा कोरिएको महागाथा : जहाँ स्पेनको ‘टिकी–टाका’ले इतिहास रच्यो

- जब जर्मनीले विश्वलाई ‘फ्यान फेस्ट’को जादु देखायो, समर्थकहरू ‘अन्डरवेयर’ मात्र लगाएर खेल हेर्न बाध्य भए

- ​१७औँ विश्वकप : एसियाली आकाशमा लेखिएको इतिहास- रोनाल्डोको 'चमत्कारी' पुनरागमन र केही रोचक तथ्यहरू

- जब विश्वकपले काचुली फेर्‍यो : रोनाल्डोको ‘रहस्यमय’ रात र जिदानको उदय

१५औं फिफा विश्वकप-१९९४ : त्यो ‘ब्लकबस्टर’ संस्करण, जसले फुटबलको परिभाषा नै बदल्यो

१४औँ फिफा विश्वकप : ‘डिफेन्सिभ’को दबदबा, रातो कार्डको वर्षा र विश्व फुटबलको बदलिएको ‘कथा’

५२ वर्ष लामो ‘फुटबल वनवास’को अन्त्य : कसरी बदलियो ‘अफ्रिकी लेपाडर्स’को भाग्य ?

​- १३औँ फिफा विश्वकप : म्याराडोनाको जादूसामू नतमस्तक विश्व, ‘ह्यान्ड अफ गड’देखि ‘गोल अफ द सेन्चुरी’सम्म

​- विवाद र रोमाञ्चकताले भरिएको १९८२ को विश्वकप- 'गिजोनको लज्जा'देखि इटालीको ऐतिहासिक उपाधिसम्म

- विश्व फुटबलमा मोरक्कोको ‘जादुमयी’ यात्रा : फेरि कतारको सफलता दोहोर्‍याउने दाउमा कीर्तिमानी ‘एटलास लायन्स’

-  ११औं फिफा विश्वकप- १९७८: ‘कन्फेटी’को वर्षाले सेताम्मे रंगशाला र अर्जेन्टिनाको पहिलो उपाधि

- १० औं फिफा विश्वकप-१९७४ : जब ‘टोटल फुटबल’को जादूमाथि हाबी भयो ‘जर्मन दृढता’

- उज्बेकिस्तानको फुटबल पुनर्जागरण : विमान दुर्घटनाको शोकदेखि विश्वकपसम्म ‘सेता ब्वाँसाहरू’को उडान

- नवौं फिफा विश्वकप– १९७० : त्यो ‘स्वर्णिम युग’ जसले फूटबल ‘कला’ र ब्राजिललाई ‘अमर’ बनायो

‘ब्लू सार्क’को एतिहासिक यात्रा : पाँच लाख जनसंख्या भएको टापुले कसरी पूरा गर्‍यो असम्भव सपना ?

- आठौं विश्वकप- १९६६: फूटबलको ‘जन्मभूमि’मा जब इतिहास रचियो

- कुराकाओको ऐतिहासिक विश्वकप यात्रा : डच प्रभाव, औपनिवेशिक विरासत र एउटा सानो टापुको ‘ब्लू वेभ’ क्रान्ति

- सातौं फिफा विश्वकप–१९६२ :  भूकम्प, ‘सान्टियागोको युद्ध’ र ब्राजिलको ऐतिहासिक उपाधि रक्षा

- छैटौं फिफा विश्वकप– १९५८: फूटबलको स्वर्णिम अध्याय, सर्वकालीन महान खेलाडी पेलेको उदय

- पाँचौं फिफा विश्वकप–१९५४: ‘ब्याटल अफ बर्न’, हंगेरीको ‘स्वर्ण युग’ र जर्मनीको उदयबीचको टकराव

​- द्वितीय विश्वयुद्धपछि पहिलोपटक फर्किएको संस्करण, जसले फुटबलको स्वरूप नै बदल्यो

- विश्वयुद्धअघिको 'वर्ल्ड कप'– घरमै फ्रान्सको नमीठो अनुभव र इटालीका खेलाडीको ज्यानको प्रसंग

- दोस्रो फिफा विश्वकप– १९३४ : एउटै खेल दुई दिनसम्म, खेलाडीका अचम्मका उपनाम

- पहिलो फिफा विश्वकपको रोचक इतिहास– युरोपेली देशसँगको हारगुहारदेखि समुद्रमा फसेका खेलाडीसम्म

salt training

कमेन्ट गर्नुहोस्