२६ जेठ २०८३, मंगलबार

बादललाई राष्ट्रिय सभाको उपनिर्वाचनमा हराएका देवकोटा भन्छन् : मलाई चुनाबबाट ‘ब्याक’ हुन धेरैले थर्काएका थिए

बादललाई राष्ट्रिय सभाको उपनिर्वाचनमा हराएका देवकोटा भन्छन् : मलाई चुनाबबाट ‘ब्याक’ हुन धेरैले थर्काएका थिए

बाग्मती प्रदेशमा हालै सम्पन्न राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा जीत हासिल गरेका खिमलाल देवकोटाले आफूलाई चुनावबाट ‘व्याक’ हुन धेरैले थर्काएको खुलासा गरेका छन् ।  

आइतवार सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै उनले आवश्यक परे उनीहरूको नाम समेत सार्वजनिक गर्ने बताएका छन् ।  

हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपाल पक्षबाट स्वतन्त्र उम्मेदवारी दिएका देवकोटाले एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पक्षका उम्मेदवार राम बहादुर थापा ‘बादल’लाई हराएका थिए ।  

एमाले भित्रको आन्तरिक विवादका कारण माधव पक्षबाट देवकोटाले स्वतन्त्र उम्मेदवारी दिएका थिए, जसलाई नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतले समर्थन गरेका थिए ।  

उनले आइतवार सामाजिक सञ्जालमा लेखेका छन्, 'तर म अडिग रहे । विचलित भएको भए मेरो मात्र हैन म जस्ता स्वतन्त्र रुपमा कलम चलाउने बुद्धिजीवीको इज्जत प्रतिष्ठा जाने थियो । हामी कलंकित हुने थियौ ।'

उनले आफूले बोली र इमानमा कटिबद्ध भएको बताउँदै राजनीतिक दलका नेताहरूले पनि कटिबद्ध हुनुपर्ने बताए ।  

 

salt training

कमेन्ट गर्नुहोस्