फागुन १, २०८०
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
सन् १९८० यता निरन्तर ३७ वर्षदेखि जिम्बाब्वेमा एकछत्र राज गर्दै आएका राष्ट्रपति रोबर्ट मुगाबेले पदबाट दिएको राजीनामा पत्र संसद् भवनभित्र सभामुखले वाचन गरेर सुनाएपश्चात सासंदहरू खुसीले बुरुकबुरुक नाँचेका थिए । सत्ताका भेट्रान खेलाडी मुगाबेको सन् २०१९ सेम्टेम्बर ६ मा निधन भयो ।
तर त्यस्तो अवसर नेपालका सांसदहरूलाई नमिलेको लगभग ४ वर्ष हुनै आँट्यो । खुशी हुँदै नाचगान गर्नका लागि १४९ जना सासंदले यसपटक अन्तिम प्रयास त गरे, तर सकेनन् । रामचन्द्र पौडेलसँग हाँसीमजाक गर्दै आफ्नै ध्यानमा मस्त रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई धेरै समयको अन्तरालमा दाँतमा ढुंगा लागेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई महाअभियोग लाग्न नदिन पनि अनेक रणनीति गरेर संसद् विघटन गराएको टिप्पणी सुनिन्छ, किनकी राष्ट्रपतिलाई तिमी भनेर सम्बोधन गर्दा पनि उनको चित्त दुखेको छ ।
शक्ति पृथकीकरणको सिद्धान्त अध्ययन गर्नका लागि विश्वमा नेपाल एक उदाहरण गन्तव्य बन्न सक्छ । ओलीले आफू दोस्रोपटक प्रधानमन्त्री भएलगत्तै सम्पत्ति शुद्धीकरण विभाग र राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत ल्याएका थिए ।
त्यसपछि संविधान मिच्ने कामको शिलशिला अनवरत गरेका छन् भनेर उनीमाथि आरोप छ । सर्वदलीय सहमतिविना नै उनले अख्तियार लगायतका कैयौं संवैधानिक निकायमा अध्यादेशमार्फत आफ्नै निकटका मानिसहरूलाई फटाफट नियुक्त गरेको आरोप लागेको छ । माओवादीले नारामा मात्रै सत्ता कब्जा गरेका थिए । ओलीले व्यवहारतः सत्ता कब्जा गरेर देखाइदिए भन्ने टिप्पणी सुनिन थालेको छ ।
यतिसम्म कि वर्षौंदेखि नियमित चल्दै आएको शपथग्रहणको भाषाको प्रतिज्ञा भन्ने शब्दलाई “त्यो पर्दैन” बोलीबाट टारिदिए ।
त्यो प्रतिज्ञा भन्ने शब्द शायद उनलाई मन नपरेका कारण हुनसक्छ, हालै जारी भएको सपथसम्बन्धी अध्यादेशमा त्यो शब्द नै हटाइएको छ ।
राष्ट्रपतिको नैतिकतामा प्रश्न उठ्ने गरी उनले खुवाएको शपथको भाषा प्रधानमन्त्रीले अस्वीकार गरेको र पछि शपथ ग्रहणको भाषा नै फेरबदल गरिदिएर राष्ट्रपति र प्रधानमन्त्रीले सार्वभौम सत्ताको सम्मानलाई केटाकेटी खेलेजस्तो, घरेलु मामिलाजस्तो बनाइदिएको आरोप लागेको छ ।
राष्ट्रपतिलाई तिमी शब्द प्रयोग गर्दा अपमान भयो भनेर रिसाउने ओलीले संविधानको सम्मान चाहिँ के कति गरेका छन् ? यो गम्भीर प्रश्न हो ।
युगाण्डाका तानाशाह ईदी अमिनलाई जे मन पर्छ, त्यही संविधान हुन्थ्यो ।
उनले आफ्नै मन्त्रीहरूलाई ख्यालठट्टा गरेर गोली समेत हान्थे भन्ने कहावत छ ! ओलीको कार्यशैलीमाथि पनि यतिबेला मानिसहरू गम्भीर प्रश्न उठाइरहेका छन् । जस्तो कि ओलीले जननिर्वाचित सांसदहरुलाई विश्वासको मत माग्दा गाली गरेजस्तो, थर्काएको जस्तो, धम्की दिएको जस्तो गरे । मलाई मत देऊ नत्र संसद् विघटन गर्दिन्छु भन्दै आएका थिए ।
अहिले उनीविरुद्ध आन्दोलन गरे कोरोना फैलाएको आरोपमा त्यस्ता व्यक्तिलाई सीडीओले सिधै एक लाख, संस्थालाई पाँच लाख जरिवाना गर्न सक्ने कानून ल्याइएको छ । अनि निर्वाचनमा के फैलिन्छ त ? त्यसको जवाफ सीडीओ दिन सक्दैनन् ।
दिउँसो म अल्पमतमा छु, सरकार चलाउन मन छैन भनेका ओली देउवाभन्दा पहिल्यै बहुमत दाबी गर्न राष्ट्रपति कहाँ पुगे । उनको यस्तो कुटिल चाल हेर्दा उनीसँग हिन्दू धर्मका भगवानका पनि भगवान मानिने विष्णु र महेश्वरले पनि हार मान्छन्, जस्तो लाग्छ । संसदीय राजनीतिमा लामो समयदेखि लुकामारी गर्दै आएका शेरबहादुर देउवा पनि यसपटक पछारिन पुगे ।
१२ औँ शताब्दीको यो आधुनिक समाजमा ओली जत्तिको चलाख र चाणक्य पुरुष शायद संसारमा जिवित कमै छन् होला । आफू बस्न नपाएको कुर्ची भाँचिदन्छु भन्ने ओलीले आफू अनुकुल नहुने संविधान च्यातिदिएर महाभारतको युद्धमा जस्तै छलकपट गरेको आरोप उनिमाथि लागेको छ ।
पछिल्लो राजनीतिक घटनाक्रमको सन्दर्भमा नेपाली कांग्रेसका नेता शेखर कोइरालाले एक मिडियासँग कुरा गर्दै भनेका छन्– ‘राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिएपछिको आन्दोलनका बेला राजाविरूद्ध बोलेको भन्दै पूर्वराष्ट्रपति रामवरण यादव, कोइराला, एमालेका नेता युवराज ज्ञवाली लगायतलाई त्रिपुरेश्वर आँखा अस्पतालको पछाडि पहरा गणमा राखिएको थियो । त्यतिखेर ओलीले उनीहरूलाई भेट्न गई ‘तपाईंहरू राजाविरूद्ध लडेर कहाँ सक्नुहुन्छ ? यो सब पार लाग्दैन हेर्नुहोस् । राजाले केही दिँदैन बरू कागज गरेर छुट्नुहोस्,’ भनेका थिए रे ।
अहिलेको परिस्थिति ठ्याक्कै त्यस्तै त हैन तर केपी ओलीसँग दलहरूले कागजमा जानुपर्ने देखिएको छ । उनका आफ्नै सांसदहरू आफ्नो पद जोगाउन क्षमायाचना गर्दैछन् । कारवाही र स्पष्टीकरण त कति हो कति । मैले भनेको मान, मेरो कुरा सुन, म नै पार्टी, म नै हेड अफ द स्टेट हुँ भन्ने तानाशाही स्वभाव उनीमा प्रकट भएको छ भन्ने टिप्पणी भैरहेका छन् ।
सांस्कृतिक भाष्य पनि उही छ । राष्ट्रपति लाई ‘तिमी’ शब्द प्रयोग गरेर गणतन्त्रलाई धरापमा पारेको बताउँदै आएका छन्, उनी । उनले यो त्यसै भनेका छैनन् । तिमी शब्दमा कसरी अपमानजनक भाष्य आयो ? यो त प्रिय शब्द हो । अन्यथा के केपी ओलीले संविधानको सम्मान गरेका छन् र ? के राष्ट्रपतिको अपमान आदरार्थी व्याकरणमा मात्रै हुने हो र?
संविधानमाथि ओलीको ‘कू’ शृंखला लामो छ । आफूले एकपछि अर्को गर्दै चालिरहेको कदम असंवैधानिक छ र अल्पमतमा छु भन्ने जान्दाजान्दै, अदालतमा फेल भइसकेको, संसद्मा पनि विश्वासको मत लिन नसकेको लगभग ‘मोरल लिजेटिमिसी’ सकिएको स्पष्ट हुँदाहुँदै उनले राष्ट्रपतिमार्फत संवैधानिक कू गर्दै आएको संविधानविद्हरूको आरोप छ ।
यस्तोमा न केपी ओलीसँग निउँ खोज्न सकिन्न भन्दा खुरुखुरु निर्वाचनमा जान सकिन्छ, न आन्दोलन गर्न सकिने वातावरण छ । संविधानको धारा ७६ को उपधारा ५ बमोजिम संसदहरूलाई ह्विप नलाग्ने र रीत पुगेको दाबी शेरबहादुर देउवाको थियो । संविधानतः त्यो सही पनि हो । तर यो दाबीलाई राष्ट्रपतिले इन्कार गरिन् ।
यति मात्रै हैन रकेटको गतिमा मध्यरातमै मन्त्रिपरिषद् बैठक बस्ने र चुनावको मिति घोषणा गर्ने अर्को दुर्भाग्यपूर्ण कदम चालियो ।
चुनाव जस्तो कुरा रातारात आफूखुशी घोषणा गर्नै यस्तो विषय हो र ? त्यो पनि यो कोभिडको समयमा जनताहरू आक्रान्त भएको समयमा भारत र अमेरिकामा निर्वाचन भएको उदाहरण दिँदै हतारमा निर्वाचनको मिति तोक्नु राजनीतिक मात्र होइन जनस्वास्थ्यको दृष्टिले पनि गलत छ ।
चुनाव दलहरूसँग सल्लाह नगरी गर्ने विषय होइन । केपी ओली संविधानभन्दा बाहिरको प्रधानमन्त्री हैनन् । प्रधानमन्त्रीले गरेको सिफारिश राष्ट्रपतिले हुबहु आधा रातमा रबरस्ट्याम्प बनेर टाँचा लगाउने काम भयो ।
यो पनि अघिल्लोपटक पुस ५ मा संसद् विघटन गर्दा कसैसँग सल्लाह नै नगरी गरिएको निर्णयभन्दा झन् खतरनाक हो ।
ओलीले ५ पुस २०७७ मा विघटन गरेको संसद्लाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै ११ फागुनमा बदर गरिदिएको थियो ।
त्यो त उनले जसोतसो पालना गरे तर संविधानको धारा ७६(३) अनुसार नियुक्त प्रधानमन्त्री ओलीले संसद्बाट विश्वासको मत नलिएको र राजीनामा पनि नदिएको अवस्थामा ७६(५) अनुसार नयाँ सरकार गठनको प्रक्रियामा जान सक्दैनन् भन्ने कुरा सामान्य साक्षर मान्छे जोसँग संविधानको किताब छ, त्यसले दश मिनेटमा नै बताउन सक्छ । धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि आधार प्रस्तुत गर्दा पनि राष्ट्रपतिबाट अस्वीकार हुनुले यो सबै नियोजित रूपमा भइरहेको छ भन्ने देखिन्छ । र संविधान घोषणा गर्दा ताकाका विरोधी शक्तिहरू यतिबेला ओलीको कित्तामा उभिएको देख्दा चिज के हो भन्ने कुरा सहज रूपमा नै बुझिन्छ ।
घटनाक्रमहरू हेर्दा यो देश भगवान पशुपतिनाथको हातमा छ र उनले मात्रै यो देशलाई न्याय दिन सक्छन् भन्ने पूर्व राजाहरूको धार्मिक दर्शन सही नै हो कि जस्तो लागेको छ । एकातिर संविधानमाथि हमला, अर्कातिर कोरोनाको महामारी, अनि निर्वाचनको घोषणा, साथमा केपी ओलीको चाणक्य शैलीको कुटिल राजनीति चालबाजी ।
अघि नै भनियो, ओलीसँग भगवान् विष्णु र महेश्वर पनि हार खान्छन् । यो महामारीको समयमा नागरिकलाई खोप, भेन्टिलेटर र अक्सिजन चाहिएको छ, मतपत्र होइन भनेर सामाजिक सञ्जालमा टिप्पणी देख्न पाइन्छ । र राजनीतिक दलहरूभित्र सहमति पनि चाहिएको छ । जनताको आँसु, पसिना र रगतले ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा लोकतान्त्रिक विधि, संस्था र मूल्य मान्यताको उत्तरदायी अभ्यास चाहिएको छ ।
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...