चुनावका लागि राष्ट्रिय सरकार बनाउन ओलीको प्रस्ताव– 'निष्पक्षताको ग्यारेन्टी गर्छु, सीसी क्यामेरा जोड्न सकिन्छ'

फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधि सभाको हैसियतअनुसार बाँडेर चुनावी सरकार बनाउन सकिने बताएका छन् । तर, असंवैधानिक बाटोबाट अर्को सरकार बनाउन नसकिने उनको जिकिर छ ।

एमाले निकट प्रेस चौतारीको कार्यक्रमलाई आइतवार बालुवाटारमा सम्बोधन गर्दै ओलीले आफ्नै नेतृतवमा चुनावी सरकार बनाएर चुनाव गर्न प्रस्ताव गरेका हुन् । 


Advertisement

‘प्रतिनिधि सभाको हैसियत अनुसार बाँडेर चुनावी सरकार बनाउन सकिन्छ, राष्ट्रिय सरकार बनाएर चुनाव गरौं । लोकतान्त्रिक प्रणाली र आचरणभन्दा बाहिर गएर होइन । मेरो नेतृत्वमा निर्वाचन गर्दा शान्तिपूर्ण निर्वाचन हुनेछ, स्वतन्त्र र निष्पक्ष हुनेछ, राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यवेक्षक बोलाएर गरिने छ,’ ओलीले भने, ‘सीसी क्यामेरा जडान गरिने छन्, ड्रोनबाट गतिविधि खिचिने छ, राष्ट्रिय अन्तर्राष्ट्रिय सबै शक्ति, संस्था र व्यक्तिलाई स्पष्ट गर्न चाहन्छु । निष्पक्षताको मामलामा यो सरकारले गराएको चुनाव सर्वोत्कृष्ट ठहरिने छ । मैले जितूँ, कि नजितूँ, मेरो पार्टीले जितोस्, नजितोस्, लोकतन्त्रले जित्नुपर्छ ।’ 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्