२२ जेठ २०८३, शुक्रबार

१ : १ अनुपातमा राइट शेयर निष्कासन गर्न एचआईडीसीएलले पायो अनुमति

१ : १ अनुपातमा राइट शेयर निष्कासन गर्न एचआईडीसीएलले पायो अनुमति

हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले राइट शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

बोर्डले १:१ अनुपातमा ११ करोड कित्ता हकप्रद शेयर निष्कासन गर्न कम्पनीलाई अनुमति दिएको हो । हकप्रद शेयर निष्कासनका लागि ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।

अब एचआईडीसीएलका लगानीकर्ताले आफूसँग भएकै जति कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँका दरले खरिद गर्न पाउने छन् ।

salt training

कमेन्ट गर्नुहोस्