२२ जेठ २०८३, शुक्रबार

४ बजेका लागि एमाले स्थायी कमिटीको बैठक तय, बजेट र चुनाव केद्रित एजेण्डा

४ बजेका लागि एमाले स्थायी कमिटीको बैठक तय, बजेट र चुनाव केद्रित एजेण्डा

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा तथा पार्टीको भावी रणनीति तय गर्न सरकारको नेतृत्व कर्ता दल नेकपा एमाले स्थायी कमिटीको बैठक सोमवार बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजेका लागि स्थायी कमिटीको बैठक बोलाइएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

चुनावका लागि राष्टिय सरकार बनाउने तथा बजेटको विषयमा छलफल हुने उनले जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार प्रेस चौतारी सम्बद्ध पत्रकारहरूसँगको अन्तक्रिर्या कार्यक्रममा ओलीले प्रतिनिधि सभामा रहेका सीट संख्याको आधारमा सहमतिको सरकार बनाउन सकिने धारणा राखेका थिए ।

आफ्नै नेतृत्वमा बन्ने चुनावी सरकारले निष्पक्ष निर्वाचनको ग्यारेन्टी गर्ने ओलीले बताएका थिए । 

ओलीले जेठ १५ मा अध्यादेशबाट आउने बजेटमा आफूले यसअघि गरेका प्रतिबद्धता समेटिने बताएका थिए ।

आजको बैठकमा यसअघि शनिवारको बैठकमा स्पष्टीकरण सोधिएका माधव नेपाल पक्षका नेताहरूमाथि कार्वाहीको विषयमा छलफल हुने ती नेताले बताए । 

salt training

कमेन्ट गर्नुहोस्