२६ असार २०८३, शुक्रबार

म्यान्मार : विद्रोहीहरूसँगको भिडन्तमा २० सुरक्षाकर्मीको मृत्यु

जेठ १०, २०७८
म्यान्मार : विद्रोहीहरूसँगको भिडन्तमा २० सुरक्षाकर्मीको मृत्यु

म्यान्मारको पूर्वी भागमा रहेको क्षेत्रमा विद्रोही लडाकूहरूसँगको भिडन्तमा २० सुरक्षाकर्मीहरूसँगको मृत्यु भएको दाबी विद्रोहीहरूले गरेका छन् । 

एउटा लडाइँमा पिपुल्स डिफेन्स फोर्स नामक सैन्य शासकविरोधी नागरिक समूहले शान राज्यको मोब्येल शहरमा एक प्रहरी चौकी कब्जामा लिएको र त्यसक्रममा २० जना प्रहरीको मृत्यु भएको बताएको छ । 

प्रहरी चौकीमा आगजनी गरिएको छ अनि विद्रोही लडाकूहरूले चारजना सुरक्षाकर्मीलाई नियन्त्रणमा लिएका छन् । सामाजिक सञ्जालमा शेयर गरिएका भिडियोहरूमा युनिफर्म लगाएका सुरक्षाकर्मीको मृत शरीर देखिएको छ अनि आगो लगाइएको प्रहरी चौकी र वाहन पनि देखिएको छ । 

उक्त शहर राजधानी नेपीदभन्दा १०० किलोमिटर पूर्वतिर पर्छ । स्वायत्त राज्यको माग गर्दै सशस्त्र विद्रोही समूहहरूले लडाइँ गरिरहेको क्षेत्र नजिकै त्यो ठाउँ छ । 
 

म्यान्मारको सैन्य शासकले यस विषयमा टिप्पणी गरेको छैन ।

सेनाले शासन हात पारेदेखि निरन्तर प्रदर्शन हुँदै आइरहेका छन् भने विद्रोहीहरू रहेको क्षेत्रमा पनि भिडन्तहरू भइरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्