१२ असार २०८३, शुक्रबार
अदालतको ढोका ढक्ढक्याउँदै विपक्षी

सर्वोच्च जाने तयारीमा विपक्षी गठबन्धन, निवर्तमान सांसदहरूको हस्ताक्षरसँगै ल्याप्चे पनि !

सर्वोच्च जाने तयारीमा विपक्षी गठबन्धन, निवर्तमान सांसदहरूको हस्ताक्षरसँगै ल्याप्चे पनि !

प्रतिनिधि सभा विघटनको विरोधमा रहेको कांग्रेससहितको विपक्षी गठबन्धन सोमबार सर्वोच्च अदालत जाने भएको छ ।

कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र जनमोर्चाका सांसदहरू हस्ताक्षर र नागरिकतासहित सर्वोच्च अदालत जान  लागेका हुन् । 

राष्ट्रपतिले संविधानको धारा ७६(५) अनुसार सरकार गठनका लागि आह्वान गरेअनुसार गठबन्धनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेर १४९ सांसदको हस्ताक्षर राष्ट्रपतिलाई बुझाएको भएपनि राष्ट्रपतिले मान्यता दिएकी थिइनन् । लगत्तै केपी ओली नेतृत्वको सरकारले संसद् विघटनको सिफारिश गरेको थियो भने राष्ट्रपतिले त्यसलाई सदर गरेकी थिइन् ।

प्रधानमन्त्री पदका दाबेदार देउवाको पक्षमा बहुमत रहेकाले  देउवालाई नै प्रधानमन्त्री बनाइनुपर्ने दाबीसहित सर्वोच्च जान लागेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

उनका अनुसार आइतबार नै बहुमत सांसदको हस्ताक्षर र नागरिकता जुटिसकेको छ । सोमवार सांसदहरूले हस्ताक्षरका साथसाथै ल्याप्चे पनि लगाइरहेका छन् ।

आइतबार नै अदालत जाने भनिए आवश्यक कागजात तयार गर्न ढिलाइ भएकाले आज रिट दायर हुने बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्