०९ असार २०८३, मंगलबार

कंगोमा पुनः ज्वालामुखी विस्फोट, १५ जनाको मृत्यु

जेठ १०, २०७८
कंगोमा पुनः ज्वालामुखी विस्फोट, १५ जनाको मृत्यु

अफ्रिकी मुलुक कंगोको पूर्वी भागमा ज्वालामुखी पुनः विस्फोट भएपछि वरपरका गाउँमा तातो लाभा फैलिएको छ । 

त्यसले गर्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी घरहरू ध्वस्त भएका छन् । 

शनिवार राति पहिलोपटक माउन्ट नीरागोंगोमा ज्वालामुखी विस्फोट भएपछि गोमा शहरबाट मानिसहरू भागेर छिमेकी मुलुक रुवान्डा पुगेका थिए । अन्य २५ हजार मानिस उत्तरपश्चिममा रहको साकेमा गएको यूनिसेफले जनाएको छ । 

१७० भन्दा बढी बालबालिका हराइरहेका छन् । यूनिसेफका अधिकारीहरूले आमाबुवाबाट छुट्टिएका बालबालिकालाई राख्नका लागि ट्रान्जिट सेन्टर बनाएका छन् । 

यसअघि सन् २००२ मा उक्त ज्वालामुखी विस्फोट हुँदा व्यापक क्षति भएको थिएन । 
 

salt training

कमेन्ट गर्नुहोस्