११ साउन २०८३, सोमबार

प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दा बोकेर सर्वोच्चमा नेताहरूको लर्को [फोटोफिचर]

प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दा बोकेर सर्वोच्चमा नेताहरूको लर्को [फोटोफिचर]

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६(५) को प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै विपक्षी दलका सांसदहरू सर्वोच्च अदालत पुगेका छन् ।

विघटित प्रतिनिधि सभाका १४६ सांसदको हस्ताक्षरसहित नेताहरू सोमवार सर्वोच्च अदालत गएका हुन् ।

रिटमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भएको दाबी गरिएको छ । 

यसअघि गत शुक्रवार विपक्षी गठबन्धनले १४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपतिलाई निवेदन दिएको थियो । कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले नेता माधवकुमार नेपाल सहितका नेताहरू सर्वोच्च पुगेका छन् । नेताहरूको लर्कोका कारण रामशाह पथमा सवारी जाम भएको छ । 

सोमवार १४६ सांसदको हस्ताक्षर संकलन गरिएको माधव नेपाल पक्षीय नेता सोमप्रसाद पाण्डेले जानकारी दिए । नेपाली कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, माधव नेपाल पक्षका २३, जसपा उपेन्द्र यादव पक्षका १२ र जनमोर्चाकी १ गरी १४६ सांसदले हस्ताक्षर गरेको विपक्षी गठबन्धनले दाबी गरेको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले विश्वासको मत नलिएका प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा विघटनको सिफारिस असंवैधानिक भएको दाबीसहित रिट तयार भएको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्