
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमवार एक सार्वजनिक जानकारी प्रकाशित गर्दै राष्ट्रपतिबाट हालै जारी भएको कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ लागू भएको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीबाट जारी जानकारीमा अध्यादेश उल्लंघन गर्दा १ वर्षसम्म कैद र ५ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था गरिएको छ ।
अध्यादेश बमोजिम जारी भएका मापदण्डको पालना गर्नुपर्ने र पालना नगरेमा कैद वा जरिवाना वा दुवै सजाय हुनसक्ने जनाइएको छ ।
