
नेकपा माओवादी केन्द्रका तर्फबाट राष्ट्रिय सभाका सदस्य समेत रहेका वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले प्रतिनिधि सभा विघटनविरुद्धको रिट भोलि विधिवत दर्ता भएर जेठ १३ बिहीवारका लागि पेशीमा चढ्ने विश्वास व्यक्त गरेका छन् ।
विपक्षी गठबन्धनको तर्फबाट सर्वोच्च अदालतमा रिट दर्ता गराएपछि सोमवार सर्वोच्च अदालत परिसरमा पत्रकारहरूसँग कुरा गर्दै बिडारीले बुधवार सार्वजनिक बिदा परेकाले बिहीवार यो मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा पेशी चढ्ने आफूहरूको विश्वास रहेको बताएका हुन् ।
‘हामीले हाम्रो तर्फबाट रिट दर्ता गरेका छौं, सर्वोच्चले भोलि आन्तरिक प्रक्रिया पूरा गर्ला, १२ गते बुद्धजयन्तिको बिदा परेकाले बिहीवारदेखि सिधै संवैधानिक इजलासमा पेशी चढ्छ,’ वरिष्ठ अधिवक्ता बिडारीले भने ।
यसअघि गत पुस महिनामा भएको प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटको फैसलाको पूर्णपाठ लेख्ने क्रममै रहेकाले सर्वोच्चले यसपटक पनि प्रतिनिधि सभा पुनःस्थापना गरिदिने उनले जिकिर गरे ।
। सोमवार दिउँसो २ बजे विपक्षी गठबन्धनका १६४ सांसदको हस्ताक्षर सहित सर्वोच्चमा रिट निवेदन पेश गरेका छन् ।