
जनता समाजवादी पार्टी (जसपा) नेपाल संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले स्वास्थ्य स्थितिका कारण सर्वाेच्च अदालतमा प्रत्यक्ष उपस्थित हुन नसकेकोमा क्षमा मागेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै डा. भट्टराईले यो वारपारको लडाइँ भएकाले खुट्टा नकपाउन आग्रह समेत गरेका छन् ।
उनले लेखेका छन्, ‘स्वास्थ्य स्थितिका कारण सर्वोच्च अदालतमा प्रत्यक्ष उपस्थित हुन नसकेकोमा क्षमाप्रार्थी हुँदै ओली–विद्या प्रतिक्रान्ति विरुद्धको कानूनी तथा राजनीतिक लडाइँमा एकताबद्ध भएर उभिन सबै राजनीतिक दल, नागरिक आन्दोलनकारी र आम जनसमुदायमा हार्दिक अपिल गर्दछु । यो वारपारको लडाइँ हो, खुट्टा नकपाऊँ ।’
स्वास्थ्यस्थितिका कारण सर्वोच्च अदालतमा प्रत्यक्ष उपस्थित हुन नसकेकोमा क्षमाप्रार्थी हुॅदै ओली-विद्या प्रतिक्रान्ति विरूद्धको कानूनी तथा राजनीतिक लडाइॅमा एकताबद्ध भएर उभिन सबै राजनीतिक दल,नागरिक आन्दोलनकारी र आम जनसमुदायमा हार्दिक अपील गर्दछु।यो वारपारको लडाइॅ हो;खुट्टा नकपाऊॅ!
— Baburam Bhattarai (@brb1954) May 24, 2021