०४ असार २०८३, बिहीबार

धनगढीमा ५० शैयाको कोरोना अस्पताल सञ्चालन

धनगढीमा ५० शैयाको कोरोना अस्पताल सञ्चालन

कैलालिको  धनगढीमा ५० शैयाको कोरोना अस्पताल सञ्चालनमा आएको छ । 

निवर्तमान उद्योग वाणिज्य आपूर्ति मन्त्री लेखराज भट्टका स्वकिय सचिव हितेश ओझाले धनगढीको गेटा मेडिकल कलेजमा ५० शैयाको कोरोना केयर अस्पताल सञ्चालनमा आएको हो । ५ सय शैयाको कोरोना अस्पताल सञ्चालनमा ल्याउने भनिएपनि अहिले अक्सिजन, स्वास्थ्यकर्मी लगायतका अभावले गर्दा ५० शैया मात्रै सञ्चालनमा ल्याएको हितेश ओझाले जानकारी दिए । 

‘हामीले ५ सय शैयाबाट शुरु गर्ने भनेका थियौँ अब जती शैया तयार छन्  त्यतीबाटै शुरु गरौं भनेर ५० शैय्याबाट शुरुवात गरेका छौं,’ ओझाले भने,‘अक्सिजन लागयतका सामाग्री उपल्रब्ध हुँदा वित्तीकै अरु शैया थप्दै जानेछौं ।’
निर्माणाधीन गेटा मेडिकल कलेजमा केयर सेन्टर सुरु गर्न ओझा आफै खटेर २० दिनमै ५० शय्याको कोरोना अस्पताल सञ्चालनमा ल्याएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्