१२ असार २०८३, शुक्रबार

१० हजार १ सय ७ वटा अक्सिजन सिलिन्डर सङ्कलन

१० हजार १ सय ७ वटा अक्सिजन सिलिन्डर सङ्कलन

नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट हालसम्म १० हजार १ सय ७ वटा अक्सिजन सिलिन्डर सङ्कलन गरिएको छ । ती मध्ये ३ हजार ५ सय ७६ वटा भरिएका र ६ हजार ५ सय ३१ वटा खाली सिलिन्डर रहेका छन् । सङ्कलन गरिएका सिलिन्डरमध्ये सोमबारसम्म ९ हजार ३ सय ७८ वटा सिलिन्डर कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ । साथै ७ सय २९ वटा अक्सिजन सिलिन्डरहरु स्टक रहेको प्रहरीले जनाएको छ ।।
आवश्यकता भन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने व्यक्ति, विभिन्न संघसंस्था तथा स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा स्टक गरी राखेका अक्सिजन सिलिन्डर सङ्कलन गरी उपलब्ध गराइएको प्रहरीको भनाइ छ । नेपाल प्रहरीको सक्रियतामा गत वैशाख २६ गतेदेखि हालसम्म उक्त सिलिन्डरहरु सङ्कलन गरिएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्