
भारतका विदेश मामिला मन्त्री एस जयशंकर अमेरिकाको न्युयोर्क पुगेका छन्।
अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएपछि भारतीय उच्च अधिकारीको यो पहिलो भ्रमण भएकाले यसलाई महत्वका साथ हेरिएको छ ।
त्यसैगरी गत जनवरीमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को अस्थायी सदस्यको रुपमा भारतको प्रवेशपछि पनि उनले पहिलो पटक भ्रमण गरेका हुन् ।
भ्रमणका क्रममा उनले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस र राज्य सचिव एन्टोनी ब्लिन्केनलाई भेट्ने जनाइएको छ ।