२५ असार २०८३, बिहीबार

बहराइनले लगायो नेपालसहित ५ देशलाई प्रतिबन्ध

जेठ १०, २०७८
बहराइनले लगायो नेपालसहित ५ देशलाई प्रतिबन्ध

बहराइनले एसियाली पाँच देशबाट आफ्नो देश प्रवेश गर्न निषेध गरेको छ । 

एसियाली मुलुकहरु भारत, पाकिस्तान, नेपाल, श्रीलङ्का र बंलादेशबाट बहराइन आउन प्रतिवन्ध लगाइएको हो । 

कोरोनाभाइरसको महामारी फैलिएका देशहरुलाई “रेड लिष्ट” मा पारेर बहराइनले ती देशहरुबाट बहराइन प्रवेश गर्न नदिने घोषणा गरेको छ । 

तर आफ्नै देशका नागरिकलाई भने सशर्त आउन पाउने व्यवस्था गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । 

बहराइनका नागरिक नै आउन चाहेको अवस्थामा भने कोरोना परिक्षण गरिएको पिसिआरको रिपोर्ट देखाउनु पर्ने र कम्तीमा १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने सर्त राखिएको छ ।

पाँच देश बाहेकका अन्य देशबाट आउने खोप लगाएका वा नलगाएका दुवै प्रकारका आफ्ना नागरिकहरुलाई पनि बहराइनले १० दिने क्वारेन्टाइन अनिवार्य गरेको छ । उनीहरुले पिसिआर रिपोर्ट देखाएमा भने क्वारेन्टाइनमा बस्नु नपर्ने अधिकारीहरुको भनाई छ । क्वारेन्टाइन वा पिसिआर मध्ये एउटा मात्रै अनिवार्य गरिएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्