२५ जेठ २०८३, सोमबार

मोबाइल आयात हालसम्मकै उच्च, यसअघिका सबै रेकर्ड तोडियो

जेठ ११, २०७८
मोबाइल आयात हालसम्मकै उच्च, यसअघिका सबै रेकर्ड तोडियो

कोरोना  सङ्क्रमणका  कारण अभौतिक   (भर्चुअल)   गतिविधि   बढ्दा   त्यसको   प्रत्यक्ष प्रभाव  मोबाइल  आयातमा  देखिएको  छ।  भन्सार  विभागका अनुसार  चालू  आर्थिक  २०७७÷७८  को  वैशाखसम्म  नेपालले अहिलेसम्मकै सबैभन्दा धेरै मोबाइल आयात गरेको छ। 

तथ्याङ्कअनुसार  १०  महिनाको  अवधिमा  मात्रै  नेपालले ३२ अर्ब नौ करोड रुपियाँ बराबरका ६३ लाख ५५ हजार थान मोबाइल  आयात  गरेको  छ।  मोबाइल  आयातबाटै  नेपालले पाँच  अर्ब  रुपियाँभन्दा  बढी  भन्सार  राजस्व  प्राप्त  गरेको  छ। जब कि अघिल्लो आवको सोही अवधिमा १४ अर्ब ६८ करोड रुपियाँको मोबाइल आयात भएको थियो। 

तुलनात्मक  रूपमा  यसअघि  आव  २०७४÷७५ को  वैशाखसम्म  सबैभन्दा  धेरै  २१  अर्ब १७    करोड    रुपियाँको मोबाइल  आयात  भएको तथ्याङ्क    छ।    चालू आवमा    भने    मोबाइल आयातको   यसअघिको सबै रेकर्ड तोडिएको हो। उच्च     सङ्ख्यामा मोबाइल    आयात    हुँदा नेपालले  धेरै  आयात  गर्ने वस्तुहरूको सूचीमध्ये मोबाइल चौथो स्थानमा परेको छ। मोबाइलभन्दा धेरै आयात हुनेमा   डिजेल,   अर्धप्रशोधित   फलामका   उत्पादन,   कच्चा भटमास रहेका छन्। गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्