
पाकिस्तानको कराचीमा प्रहरी र जलसेनाका सदस्यहरूबीच भिडन्त भएपछि सिन्ध प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
कराचीको मनिपुर प्रहरी चौकीमा घटना भएको हो ।
घटनामा संलग्न व्यक्तिलाई खोजिने र जिम्मेवार अधिकारीविरुद्ध विभागीय कारवाही गरिने प्रहरीको भनाइ छ ।
प्रहरी प्रवक्ताले सामाजिक सञ्जालमा गलत सूचना फैलिरहेको बताए ।
सोमवार दिउँसो ह्वाट्सयाप ग्रूप र सामाजिक सञ्जालमा एक मिनेटको भिडियो शेयर गरिएको छ । त्यसमा प्रहरीले डण्डा बोकेर उभिएको र सशस्त्र वर्दीधारी अधिकारी उनका अगाडि थिए ।
केही समयपछि अन्य वर्दीधारी अधिकारी त्यहाँ पुगेका थिए । वर्दीधारी अधिकारीले बन्दूको कुन्दाले प्रहरीलाई हानेको देखिन्छ । अर्को सैनिकले प्रहरीलाई बन्दूकले गोडामा हानेको देखिन्छ ।
एक प्रहरी घाइते भएको र टाउकोमा चोट लागेको भनेको सुनिन्छ । भिडियोमा मोचको प्रहरी चौकीको बोर्ड पनि देखिन्छ ।
सेनाले प्रहरीलाई धम्की दिएको अर्को भिडियो पनि आएको छ ।
प्रहरी सूत्रहरूका अनुसार, सेनाका मानिस होक बे बीचमा जान चाहन्थे । तर सिन्धमा कोरोनाका कारण हिँडडुलमा प्रतिबन्ध लगाइएकाले उनीहरूलाई रोकिएको थियो ।
A security force's officer in plain clothes and in private car was going to French beach in Karachi along with family. Police stopped and informed him due to covid it is banned. Then what his uniformed guards did with police watch video.#NCOC #PrimeMinisterImrankhan #ISPR pic.twitter.com/4FExio7AMg
— Aijaz Mahar (@aijazm) May 24, 2021