३० जेठ २०८३, शनिबार

लकडाउन छल्न विमानमा विवाह (भिडियो)

जेठ ११, २०७८
लकडाउन छल्न विमानमा विवाह (भिडियो)

भारतमा एक जोडीले लकडाउनको प्रतिबन्ध छल्नका लागि १६० जना पाहुनाहरूका साथ विमानमा चढेर आकाशमा विवाह गरेको छ । 

राकेश र दक्षिणाले आइतवार मदुरैबाट स्पाइसजेट विमानलाई चार्टरमा उडाएर विमानभित्र विवाह गरेका थिए । 

बोइङ ७३७ मा १६० भन्दा बढी बढी विवाह समारोहमा भाग लिन पुगेका थिए । भिडियोमा उनीहरू सबै खचाखच भई विमानमा बसेको देखिन्छ । 
 

मदुरै तमिलनाडुमा पर्छ र त्यहाँ विवाहमा ५० जनाभन्दा बढी भेला हुन नपाउने नियम लगाइएको छ । 
 

मदुरै मीनाक्षी अम्मा मन्दिरको ठीक माथि विमानमा विवाह समारोह आयोजना गरिएको विमानस्थल अधिकारीहरूले पनि चाल पाएनन् । 

विवाह समारोहका तस्वीर र भिडियो सामाजिक सञ्जालमा राखिएको थियो । त्यसमा मानिसहरू गलामा माला लगाएर सेल्फी खिचिरहेको देखिन्छ । 

उनीहरू कसैले पनि मास्क लगाएको अनि सामाजिक दूरी कायम गरेको देखिँदैन । 

नागरिक उड्डयनको महानिर्देशनालयले दुलाहा दुलही तथा पाहुनाहरूका विरुद्ध एयरलाइन्स कम्पनीले उजुरी गर्नुपर्ने सुझाव दिएको छ । ती सबैलाई यात्रुवाहक विमानमा प्रतिबन्ध लगाउन सकिनेछ । 

salt training

कमेन्ट गर्नुहोस्