२२ जेठ २०८३, शुक्रबार

रुकुम पूर्वमा यार्सा संकलनमा रोक

जेठ ११, २०७८
रुकुम पूर्वमा यार्सा संकलनमा रोक
प्रतिकात्मक तस्वीर

जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले यस वर्ष यार्सा संकलनमा रोक लगाउन निर्देशन दिएको छ ।

कोरोना संक्रमण फैलिरहेकाले यस बेलामा यार्सा संकलन खुला गर्दा संक्रमणको जोखिम झन् उच्च हुने भएपछि रोक लगाउन जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको हो । 

रुकुम पूर्वसहित यार्सा पाइने छिमेकी जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जूम मिटिङबाट यस वर्ष पनि यार्सा संकलनमा रोक लगाउने सहमति भएको यस जिल्लाका प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए ।

कोरोना महामारी फैलिरहेको यो अवस्थामा एउटा जिल्लाले मात्र रोक लगाएर नहुँने भन्दै यार्सा पाइने छिमेकी जिल्लामा पनि रोक लगाउने सहमति भएको उनले बताए ।

कोरोना महामारीकै कारण गत वर्ष पनि यार्सा संकलनमा रोक लगाइएको थियो । कोरोनाबाट बच्न भन्दै यार्सा संकलनमा रोक लगाइरहँदा यसबाट जीविकोपार्जन गर्दै आएकाको भने रोजिरोेटी खोसिएको छ । 

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–१ र २ नम्बर वडाका बुकी पाटनमा यार्सा पाइने गर्दछ । प्रत्येक वर्षको जेठको दोस्रो हप्ताबाट शुरू भएर असारको दोस्रो हप्तासम्म चल्ने गरेको यार्सा सिजन गत वर्ष र यस वर्ष भने ठप्पै छ । 

डिभिजन वन कार्यालय रुकुम पूर्वले भने रोक लगाउनुभन्दा अगाडि नै केही परिमाण यार्सा संकलनको पूर्जी दिइसकेको छ । २ हप्ताअघि नै ७ किलोको संकलन पूर्जी दिएको वन कार्यालयका सहायक वन अधिकृत सूर्य मैनालीले जानकारी दिए ।

त्योभन्दा पछाडि कसैलाई पनि यार्सा संकलन पूर्जी नदिएको मैनालीले बताए । गत वर्ष र यस वर्ष यार्सा संकलनमा रोक लगाउँदा विशेषगरी पुथाउत्तरगंगा गाउँपालिकाका स्थानीय समस्यामा परेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्