३१ जेठ २०८३, आइतबार

शेयर बजारमा हुने लगानीमा थप कडाइ, बैंक तथा वित्तीय संस्थाले ‘सर्ट टर्म ट्रेडिङ’ गर्न नपाउने

शेयर बजारमा हुने लगानीमा थप कडाइ, बैंक तथा वित्तीय संस्थाले  ‘सर्ट टर्म ट्रेडिङ’ गर्न नपाउने

नेपाल राष्ट्र बैंकले शेयर बजारमा हुने लगानीलाई थप कडाइ गरेको छ ।

मंगलवार परिपत्र जारी गर्दै केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई शेयर बजारमा लगानी गर्न कडाइ गरेको हो ।

नयाँ व्यवस्थाअनुसार कुनै पनि कम्पनीको दोस्रो बजारमा सूचीकृत भएको एक वर्षभन्दा कम समयका लागि लगानी गर्न पाइने छैन ।

‘सर्वसाधारणमा शेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको शेयर तथा डिबेन्चर एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइनेछ । बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको शेयरमा अल्पकालीन लगानी गर्न पाउने छैनन्,’ राष्ट्र बैंकले भनेको छ ।

त्यसैगरी खरिद गरेको एकवर्ष व्यतीत भएका लगानीमध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको १ प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्नेछन् । यसअघि बैंकहरुले आफ्नो प्राथमिक पुँजीको ३० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था थियो । 

पछिल्ला दिनहरूमा शेयर कारोबारमा उछाल आएसँगै राष्ट्र बैंकले कडाई गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्