इजरायल र प्यालेस्टाइनबीच हालै भएको संघर्षपछि यहुदीविरोधी घटना बढेको छ ।
अमेरिकाको फ्लोरिडामा रहेको होल्यान्डल बीचमा यहुदीहरूको प्रार्थनागृह अगाडि एक व्यक्तिले यहुदीविरोधी नारा लगाएको सुनियो ।
त्यतिले मात्र नपुगेर उक्त व्यक्तिले प्रार्थनागृहबाहिर दिसा पनि राखेर गएको छ ।
उक्त व्यक्तिले चिच्याउँदै यहुदीहरू मर्नुपर्छ भनेको थियो । त्यसपछि उसले झोलामा ल्याएको दिसा त्यहाँ राखेको थियो । उसले त्यहाँ थुकेको पनि थियो ।
जेफरी फ्लेमिङ नामक ती आरोपितलाई पक्राउ गरिएको छ ।
घटना शुक्रवार भएको हो । आरोपित विद्युतीय साइकलमा आएको थियो ।
मे महिनाको आरम्भमा फ्लोरिडास्थित त्यही प्रार्थनास्थलमा कसैले ढुंगा पनि फालेको थियो ।
अमेरिकामा यसरी यहुदीविरोधी घटना बढेपछि सुरक्षा प्रबन्ध बलियो बनाइएको छ ।