१८ असार २०८३, बिहीबार

थप १० जिल्लामा निःशुल्क इन्टरनेट जडान

जेठ ११, २०७८
थप १० जिल्लामा निःशुल्क इन्टरनेट जडान
प्रतिकात्मक तस्वीर

नेपाल दूरसञ्चार प्राधिकरणले थप १० जिल्लामा निःशुल्क रूपमा इन्टरनेट पुर्‍याएको छ ।

प्राधिकरणले सोमवार एक सूचना प्रकाशन गर्दै ग्रामीण दूरसञ्चार कोषको रकम प्रयोग गरेर उक्त जिल्लामा ब्रोड ब्याण्ड नेटवर्क निर्माणको काम सम्पन्न भएको जनाएको हो ।  

उक्त जिल्लाका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, सामुदायिक विद्यालय, सामुदायिक स्वास्थ्य संस्था/केन्द्र र अस्पतालहरूमा निःशुल्क इन्टरनेट पुर्‍याइएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।

उनका अनुसार उक्त परियोजना अन्तर्गत गण्डकी प्रदेशका कास्की, तनहुँ, पर्वत, स्याङ्जा र लमजुङ तथा प्रदेश नम्बर १ का इलाम, सुनसरी, मोरङ, उदयपुर र झापामा ब्रोडब्याण्ड इन्टरनेट विस्तार सम्पन्न भएको हो ।

प्राधिकरणले उक्त जिल्लामा २ वर्षका लागि निःशुल्क रूपमा इन्टरनेट उपलब्ध गराउने छ । गण्डकी प्रदेशका ५ जिल्लामा वल्र्डलिंक कम्युनिकेसनले ब्रोडब्याण्ड नेटवर्क र प्रदेश नम्बर १ का ५ जिल्लामा टेकमाइन्ड्स् नेटवर्कले इन्टरनेट विस्तारको काम सम्पन्न गरेको हो । 

प्राधिकरणले दश जिल्लाका नगरपालिका, गाउँपालिका वडा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय र सामुदायिक स्वास्थ्य संस्था/केन्द्रहरूमा इन्टरनेट सेवा जडान गर्न छुट भएमा १५ दिनभित्र प्राधिकरणमा जानकारी गराउन समेत आग्रह गरेको छ ।

प्राधिकरणले उक्त १० जिल्लाका सर्वसाधारणले इन्टरनेट सेवा जडान गरी सेवा लिनु परेमा सम्बन्धित सेवा प्रदायकसँग सम्पर्क गरी प्राधिकरणबाट स्वीकृत दरमा इन्टरनेट सेवा जडान गर्न सकिने जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्