
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिद्धार्थ गौतम बुद्धले अहिंसाका लागि पुर्याएको योगदान नेपालीका लागि गर्वको कुरा रहेको बताएका छन् ।
गौतम बुद्धको २५६५ औं जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर अग्रगामी शक्तिहरू एकजुट भई प्रतिगामी प्रवृत्तिविरुद्ध संघर्षका लागि आग्रह गरेका छन् ।
‘पुरातनवादी विचार र चेतनाका विरुद्ध गौतम बुद्धले गरेको विद्रोह जसरी प्रतिगमनकारी सोच, चिन्तन र प्रवृत्तिका विरुद्ध संघर्षमा उत्रिनु परिवर्तनकामी सम्पूर्ण शक्तिका सामु आज एक मात्र विकल्प रहेको छ,’ सन्देशमा उल्लेख छ, ‘त्यसका लागि संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर अग्रगामी शक्तिहरु एकजुट भई प्रतिगामी प्रवृत्ति विरुद्ध संघर्षका लागि आग्रह गर्दछु ।’
