२१ जेठ २०८३, बिहीबार

श्रीलंकामा कोलम्बो पोर्ट बनाउन चीनलाई अनुमति, भारत चिन्तित

जेठ १२, २०७८
श्रीलंकामा कोलम्बो पोर्ट बनाउन चीनलाई अनुमति, भारत चिन्तित

चीनले श्रीलंकाको राजधानी कोलम्बोमा नयाँ पोर्ट सिटी बनाउन लागेको छ । त्यसको ठेक्कापट्टा एक चिनियाँ कम्पनीलाई दिइएको छ । 

श्रीलंकाको संसद्ले यससम्बन्धी विधेयकलाई संशोधनपश्चात् पारित गरेको छ । 

विधेयकलाई विपक्षी दलहरूले विरोध गरेका थिए । श्रीलंकाको सर्वोच्च अदालतले यसमा जनमतसंग्रह गर्न समेत भनेको थियो । तर सरकारले यसलाई बेवास्ता गरिदियो । 

केही सञ्चारमाध्यममा कोलम्बो पोर्ट सिटी जानका लागि बेग्लै राहदानी आवश्यक रहने भनी खबर छापिएको छ तर आधिकारिक रूपमा यसको पुष्टि गरिएको छैन । 

सदनमा राजपक्षे सरकारको बहुमत रहेकाले विधेयक सजिलै पारित भयो । पक्षमा १४९ र विपक्षमा ५८ भोट परेको थियो । 

कोलम्बो पोर्ट सिटी २६९ हेक्टर क्षेत्रमा बनाइनेछ । श्रीलंकाको पहिलो स्पेसल इकोनोमिक जोन यहीँ बनाइनेछ । त्यहाँ प्रत्येक देशको मुद्राबाट कारोबार गर्न सकिनेछ । 

गत साता श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपक्षेले संसदमा भनेका थिए, ‘कोलम्बो पोर्ट सिटीमा पाँच वर्षमा दुई लाखभन्दा बढी रोजगारी उत्पन्न हुनेछन् । यसबाट प्रत्यक्ष लगानी बढ्नेछ र त्यसबाट देशलाई सीधै फाइदा पुग्नेछ ।’ 

कोलम्बो पोर्ट सिटीका निर्देशक यामुन जयरत्नेले भने, ‘हामी पनि दुबई र हङकङको जस्तो राम्रो सेवा दिन सक्नेछौं । यो दक्षिण एसियाकै वित्तीय केन्द्र बन्नेछ ।’

भारतको कन्याकुमारीबाट जम्मा २९० किलोमिटर टाढा रहेकाले यस क्षेत्रमा चीनको उपस्थितिका कारण भारत तर्सिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्