०२ असार २०८३, मंगलबार
छिमेकीको चासो

नेपालमा विकसित राजनीतिक घटनाक्रमलाई हेरिरहेका छौं : भारतको विदेश मन्त्रालय

नेपालमा विकसित राजनीतिक घटनाक्रमलाई हेरिरहेका छौं : भारतको विदेश मन्त्रालय

नेपालमा विकसित भइरहेका राजनीतिक घटनाक्रमका विषयमा सञ्चारकर्मीहरूले गरेको प्रश्नको जवाफमा भारतको विदेश मन्त्रालयका प्रवक्ताले संज्ञान लिएको बताएका छन् । 

विदेश मन्त्रालयको वेबसाइटमा बुधवार प्रकाशित सानो सूचनामा प्रवक्ता अरिन्दम बागचीले नेपालको घटनाक्रमलाई नोट गरिएको जानकारी दिएका हुन् । 

यी घटनाक्रमहरू नेपालको आन्तरिक विषय भएको र तिनलाई नेपालकै कानूनी संरचना तथा लोकतान्त्रिक प्रक्रियाअनुसार व्यवस्थापन गरिने आफूहरूको धारणा रहेको पनि प्रवक्ताले बताएका छन् । 

एक छिमेकी र मित्रका रूपमा भारतले नेपाललाई सदैव समर्थन गर्ने र नेपाली जनताको प्रगति, शान्ति, स्थिरता तथा विकासको यात्रामा सहयोग गर्ने उनले उल्लेख गरेका छन् ।

नेपालमा प्रतिनिधि सभाको विघटन र निर्वाचनको मिति घोषणा गरिएपछि भारत सरकारको कुनै प्रतिक्रिया आएको थिएन । 
 

salt training

कमेन्ट गर्नुहोस्