
पछिल्ला दिन फिल्म हलमा अमिर खानको दंगलको प्रदर्शन भइरहेको छ । वास्तविक जीवनमा आधारित फिल्म भएपनि रील जीवन र वास्तवीक जीवनमा फरक पर्ने विषय अस्वभाविक होइन । फिल्म शुरु हुनुपुर्व नै पर्दामा फिल्मको कहानी काल्पनिक हो भनेर त्यसैकारण उल्लेख गरिने गरिएको छ ।
फिल्म दंगलको कहानी धेरै काल्पनिक पनि छैन । किनकी गीता फोगाट तथा बबीता फोगाटले सन् २०१० मा दिल्लीमा भएको राष्ट्रमण्डल खेलमा राम्रो प्रदर्शनका कारण स्वर्ण तथा रजत पदक जीतेका थिए ।
दंगल फिल्मा देखाइएको छ की गीता र बबीताका पिता महावीर फोगाटको राष्ट्रिय कोचसँग कुस्तीको दाउँ पेचका बारेमा कुरा मिल्दैन । महावीर फोगाट आफैँ एक राष्ट्रीय स्तरका पहलमान बनिसकेका थिए ।
फिल्मको अन्तिममा महावीर फोगाटलाई एक कोठामा बन्द गरिन्छ । उनले फाइनल भिडन्तमा आफ्नी छोरीलाई निर्देशन(कोचिङ) दिन नसकुन् भनेर । तर वास्तविकता भने यस भन्दा फरक छ ।
सन् २०१० मा राष्ट्रमण्डल खेलका बीच भारतीय महिला पहलमान टीमा चीफ कोच रहेका प्यारा राम सोधीले फगवाडाले महावीर फोगाट सज्जन व्यक्ति एकदम सञ्जन व्यक्ति थिए त्यसैले कोठमा बन्द गरिएको सिन गलत छ ।
सोधीले फोगाटसँग खेलका बीच एक दुईपटक मात्र भेट भएको र फिल्मा देखाइएको जस्तो आफ्नो र फोगाटबीच विवाद नभएको बताए । उनले फोगाट दर्शकदीर्घामा कहाँ बसेको भन्नेबारे समेत आफूलाई थाहा नभएको बताए ।
बीबीसीले फिल्ममा नेशनल कोचलाई खलनायका जस्तो देखाइएको र त्यस विरुद्ध कुनै कदम लिनुहन्छ ? भनि गरिएको प्रश्नमा उनले आफूले फिल्म नहेरको र हेरेपछि मात्र प्रतिक्रिया दिने बताए । तर, उनले सुनेको अनुसार फिल्ममा कोचलाई गलत रुपमा देखाइएकोमा भने दुःख व्यक्त गरे ।
तर भारतीय सञ्चारमाध्यमहरुमा भने फिल्ममा कोचलाई खलनायकका रुपमा प्रस्तुत गरेका कारण फिल्मविरुद्ध कोचको आपत्ति भएको विषयका समाचारहरु प्रकाशन भएका छन् ।