२९ जेठ २०८३, शुक्रबार

एउटै पदमा सासू एमाले र बुहारी माओवादीबाट चुनाव लड्दै, परिवारका सदस्य समस्यामा

कात्तिक २०, २०७४
एउटै पदमा सासू एमाले र बुहारी माओवादीबाट चुनाव लड्दै, परिवारका सदस्य समस्यामा

इलाम, १९ जेठ– इलामको सन्दकपुर गाउँपालिकाको वडा नम्बर १ को सदस्यका लागि सासू र बुहारीबीच प्रतिस्पर्धा हुने भएको छ ।

आसन्न दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा वडा सदस्यका लागि सासू र बुहारी प्रतिस्पर्धी बनेका छन् ।

दुवैजना दलित महिला कोटाबाट वडा सदस्यमा चुनाव लड्न लागेका हुन् । सासू दिलमाया विक नेकपा एमालेबाट चुनाव लड्न लागेकी हुन भने बुहारी सीता विक माओवादीबाट ।

दुवै जनाले जित्ने दावीसहित भोट माग्न थालेपछि परिवारका सदस्य भने समस्यामा परेका छन् । दुवैजना एउटै पदमा उठेपछि कसलाई मतदिने भनेर परिवारका सदस्य तथा छिमेकीहरुमा अन्यौलता बढेको छ ।

कमेन्ट गर्नुहोस्