०३ असार २०८३, बुधबार

म्हैपीबाट ३२ लाख लुटियो

कात्तिक २०, २०७४
म्हैपीबाट ३२ लाख लुटियो

काठमाडौँ, १९ जेठ – स्थानीय म्हैपीबाट दुई जनाका साथमा रहेको ३२ लाख रुपैयाँ लुटिएको छ ।

महाराजगन्जस्थित एनएमएबी बैंकबाट रकम लिएर गइरहेका रोशन बोगटी र नरेन्द्रकमाुर विकबाट सो रकम लुटिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्कीले जानकारी दिनुभयो ।

पीडितले आफूहररूले बैंकबाट झिकेको २२ लाख रुपैयाँ र आफ्ना साथमा रहेको १० लाख रुपैयाँ गरी ३२ लाख रुपैयाँ लिएर हिँडिरहेका अवस्थामा बा ४५प ४५२५ नम्बरको पल्सरमा आएका दुई जनाले सो रकम लुटेको प्रहरीलाई बताएका छन् । जग्गाको कारोबारका लागि आफूहरुले सो रकम लिएर हिँडेको विक र बोगटीले प्रहरीलाई जानकारी दिएका छन् ।

प्रवक्ता कार्कीले घटनाका दोेषी पहिचान नजिक पुगिसकिएको जानकारी दिँदै उनीहरु छिट्टै पक्राउ पर्ने बताउनुभयो ।
सन्दर्भ तस्विर

salt training

कमेन्ट गर्नुहोस्