२१ जेठ २०८३, बिहीबार

आफ्नो उमेर बढी भएको जस्तो देखिनु भयो, ‘योङ’ देखिन यसो गर्नुस्

कात्तिक २०, २०७४
आफ्नो उमेर बढी भएको जस्तो देखिनु भयो, ‘योङ’ देखिन यसो गर्नुस्
उमेर बढेपछि बुढ्यौली लाग्नु अस्वभाविक होइन । तर उमेर हुँदै तपाईलाई बुढ्यौली लागेको या भएको भन्दा बढी उमेरको देखियो भने समस्या हुन सक्छ ।

मानिसलाई कसैले बुढो भएको कसैले भने पनि आफू योङ नै छु जस्तो लाग्छ तर अनुहार र छालामा आएको परिवर्तनले त्यसलाई प्रतिविम्बित गर्छ ।

उमेरका कारण मात्र नभइ खानपानका कारण पनि मानिसमा उमेर बढी भएको देखिन्छ । जसका लागि केही खानेकुरा नियमित रुपमा खान जरुरी छ । त्यसो गरियो भने कम उमेरमै देखिएको बुढ्यौली कम गर्न सहयोग पुग्छ ।

सागपातः हरियो सागपातमा क्याल्सियम तथा फोलेट लगायतका आवश्यक तत्वहरु पाइन्छन् । जसले हड्डी मजबुत बनाउन तथा उमेरसँगै आँखामा देखापर्ने कमजोरी हटाउन पनि सहयोग गर्दछ । बन्दा तथा काउलीको नियमित सेवनले क्यान्सर तथा स्मरण ह्रास जस्ता रोगबाट समेत बचाउन सहयोग गर्दछ ।

ओखरः ओखरमा ओमेगा थ्री फ्याट्टी एसिड पर्याप्त मात्रामा पाइन्छ । साथै यसमा कोलेस्ट्रोल घटाउने, पाचन क्रिया सन्तुलित पार्ने र रोग प्रतिरोधी क्षमता बढाउन आवश्यक लवणहरु पनि प्रशस्तै हुन्छन् । त्यसैले ओखरको नियमित सेवनले बुढ्यौलीलाई पर सारिदिन्छ ।

माछाः स्वस्थ फ्याट्टी एसिडको सबैभन्दा भरपर्दो श्रोत हो माछा । माछामा पाइने ओमेगा थ्री फ्याट्टी एसिड लगायतका पौष्टिक तत्वले सरीरलाई स्वस्थ र जवान राख्न सहयोग गर्दछ ।


चकलेटः डार्क चकलेट कोकोआ बिन्सबाट बनेको हुन्छ जसमा पर्याप्त एन्टीअक्सिडेन्ट तत्व पाइन्छ । यसले रक्तप्रवाहमा सुधार ल्याउने तथा छालालाई सुख्खा हुनबाट बचाउँदछ र चाउरी पर्न दिँदैन ।

salt training

कमेन्ट गर्नुहोस्