२२ जेठ २०८३, शुक्रबार

हत्केलामा अंग्रेजी वर्ण एम (M) देखियो भने यो हो अर्थ !

कात्तिक २०, २०७४
हत्केलामा अंग्रेजी वर्ण एम (M) देखियो भने यो हो अर्थ !
काठमाडौं— आफ्नो हत्केला एकचोटि हेर्नुस् त । तपाईंको दाहिने हत्केलामा अंग्रेजी वर्ण एम (M) देखियो भने त्यसबाट तपाईंको चरित्र, व्यक्तित्व र भाग्य थाहा लाग्छ । देब्रे हात चलाउने मान्छेको हकमा यसको विपरीत हुन्छ ।


हत्केलामा एम देखियो भने तपाईं विशेष व्यक्ति हो । तपाईंको जीवनरेखा, मस्तिष्करेखा र हृदयरेखा चट्ट मिले भने मात्र एम वर्ण बन्छ ।

हस्तकलाविज्ञान भारतमा हजारौं वर्षअघिदेखि शुरु भएको हो । हिन्दू ज्योतिषविज्ञानमा यसको उल्लेख छ र चिनियाँ पुस्तक आई चिङमा पनि यसको वर्णन छ ।

यसरी हत्केलामा एम बन्नेहरू भाग्यमानी हुन्छन् र उनीहरूको करीयर पनि सफल हुन्छ । उनीहरूमा बलियो आत्मविश्वास र अनुशासन हुन्छ । एम पाइनु सकारात्मक व्यक्तित्वको लक्षण हो ।

तर यो तपाईं दाहिने हाते व्यक्ति हो कि देब्रेहाते त्यसमा भर पर्छ । देब्रेहाले व्यक्तिको हकमा यसको ठीक उल्टो असर हुन्छ ।

अब तपाईं हस्तकला र आध्यात्मिकतामा विश्वास गर्नुहुन्छ भने सबै ठीकै हो । गर्नुहुँदैन भने चाहिँ केही भन्नु छैन ।

एजेन्सीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्