२७ जेठ २०८३, बुधबार

संशोधनलाई संसदको प्रक्रियामा लान एमाले असहमत

कात्तिक २०, २०७४
संशोधनलाई संसदको प्रक्रियामा लान एमाले असहमत
काठमाडौं, १३ पुस–संविधान संशोधनलाई संसदको प्रक्रियामा लान सत्तारुढ कांग्रेस माओवादीले गरेको प्रस्तावलाई एमाललेले अस्विकार गरेको छ । यद्दपी चुनावमा जाने कुरामा भने दलहरु सहमत देखिएका छन् । \

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको तीन दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले संसद खोल्न एमालेसँग आग्रह गरेका थिए । तर, एमाले अध्यक्ष ओलीले संविधान संशोधनका लागि संसद खोल्न खुलाउन नसकिने बताएको उपप्रधानमन्त्री विमलेन्द्र निधिले बताए । निधिले एमालले चुनावमा जानका लागि संसद खोल्न सकिने बताएको जनाए ।

बैठकपछि एमाले नेता भीम रावलले प्रधानमन्त्रीले निर्वाचन, संशोधन प्रस्ताव र महाभियोगको प्रस्तावलाई सँगसँगै लैजाने प्रस्ताव गरेको बताए ।

यद्यपी सो प्रस्ताव आफूहरुले अस्वीकार गरेको भन्दै रावलले पहिला चुनावको मिति घोषणा गर्ने र अरु विषयमा छलफल गर्दै जानुपर्ने विषयमा आफूहरुले बैठकमा कुरा राखेको जानकारी दिए ।

एमाओवादी नेता नारायणकाजी श्रेष्ठले निर्वाचन घोषणा हुने सहमतितिर वार्ता अघि बढेको बताउदै यही हप्ताभित्र चुनावको मिति घोषणा हुने बताए । उनले संशोधन प्रस्ताव र चुनाव सँगसँगै लैजाने विषयमा छलफल केन्द्रीत रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्