
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टी निर्णयविपरित काम गर्ने ४ नेतालाई कारबाही गरेको मंगलवार निर्वाचन आयोगलाई जानकारी दिएको छ ।
अध्यक्ष यादवले नेताहरूमाथिको कारबाहीबारे पत्र मार्फत आयोगलाई जानकारी गराएको हो ।
मंगलवार मात्रै पार्टी निर्णयबमोजिम काम गरेको भन्दै अर्का अध्यक्ष महन्थ ठाकुर, नेताहरू राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्य समेत नरहने गरी कारबाही गरिएको छ ।
