नेपाललाई अनुदानस्वरूप चीन सरकारले प्रदान गरेको कोभिड–१९ विरुद्धको थप खोप स्वदेश आइपुगेको छ ।
१० लाख खोपका मात्रामध्ये मंगलवार ९ लाख मात्रा नेपाल ल्याइएको हो ।
हिमालय एयरलाइन्सबाट १ लाख र नेपाल वायुसेवा निगमको जहाजमार्फत ८ लाख मात्रा खोप ल्याइएको होे ।
निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले निगमको एयरबस–३३० (वाइडबडी) ले ८ लाख मात्रा खोप ल्याएको जानकारी दिए । उनका अनुसार खोप लिन सोमवार राति वाइडबडी जहाज चीनको राजधानी बेइजिङ उडेको थियो ।
बाँकी १ लाख डोज खोप लिन बुधवार हिमालय एयरलाइन्सको जहाज कुनमिङ जाने बताइएको छ । एयरलाइन्सले आÞफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत ती २ लाख मात्रा खोप निःशुल्क ल्याइने जनाएको छ ।