०२ असार २०८३, मंगलबार

भारत–चीन झडपमा मृत्यु भएका सैनिकबारे लेख्ने ब्लगरलाई ८ महिना जेल

जेठ १९, २०७८
भारत–चीन झडपमा मृत्यु भएका सैनिकबारे लेख्ने ब्लगरलाई ८ महिना जेल
प्रतिकात्मक तस्वीर

भारत र चीनबीच गत वर्ष भएको झडपमा मारिएका चिनियाँ सैनिकबारे ब्लग लेखेका ब्लगरलाई ८ महिना जेल सजाय भएको छ ।

ब्लगर ३८ वर्षीय चियो जिमिङलाई नायक र शहीदको अपमान गरेको आरोपमा दोषी ठहर गर्दै सजाय गरिएको छ ।

चीनको सरकारी अखबार ग्लोबल टाईम्सका अनुसार चीनमा आपराधिक कानून संशोधनपछि ब्लग लेख्दा सजाय पाउने जिमिङ पहिलो व्यक्ति हुन् । कानून अनुसार दोषी ठहर पाइए ३ वर्षसम्म जेल सजाय हुनसक्ने प्रावधान छ ।

जिमिङलाई सार्वजनिक माफी माग्न समेत निर्देशन दिइएको थियो । उनले सरकारी टेलिभिजनमा अन्तर्वार्ता दिँदै आफू लज्जित भएको बताएका छन् । उनले भनेका छन्, ‘मेरो व्यवहार मर्यादाको विरुद्धमा थियो ।’

भारत–चीनबीच गत वर्ष जुनमा गलवानमा झडप भएको थियो । झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो चीनले यकिन विवरण सार्वजनिक गरेको थिएन ।

चिनियाँ सैनिक मारिएको विषयमा जिमिङले सामाजिक सञ्जाल विबोमा ब्लग लेखेका छन् । जिमिङको सञ्जालमा २५ लाख फलोअर्स रहेका छन् । ब्लग लेखेपछि जिमिङलाई पक्राउ गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्