०३ साउन २०८३, आइतबार

प्रधानमन्त्रीका लागि देउवा र गौतमबीच प्रतिस्पर्धा हुने पक्का, कसले बाजी मार्ला ?

कात्तिक २०, २०७४
प्रधानमन्त्रीका लागि देउवा र गौतमबीच प्रतिस्पर्धा हुने पक्का, कसले बाजी मार्ला ?

काठमाडौं, २० जेठ–  मुलुकले अबको केही दिनमै ४० औं प्रधानमन्त्री पाउँदैछ । नयाँ प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदले निर्वाचन कार्यतालिका समेत सार्वजनिक भइसहेको छ ।

सार्वजनिक कार्यतालिका अनुसार आज (शनिबार) प्रधानमन्त्रीका लागि उम्मेदवार दर्ता हुँदै छ । आज विहान ११ बजेदेखि ४ बजेसम्म व्यसवस्थापिका संसदको ल्होत्से हलमा उम्मेद्वारी दर्ता हुने छ ।

भावी प्रधानमन्त्रीका लागि संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र दोस्रो ठूलो दल नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमबीच प्रतिस्पर्धा हुने चर्चा छ ।

नेपाली कांग्रेस र संसदको तेस्रो ठूलो दल माओवादी केन्द्रको गठवन्धनमा कांग्रेस सभापति देउवाका प्रधानमन्त्री चयन हुने लगभग पक्का पक्की छ । यस्तो अवस्थामा एमालेले उपाध्यक्ष गौतमलाई अगाडि बढाउन लागेको हो ।


प्रधानमन्त्री पुष्ष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेससँग भएको समझदारी अनुसार यही जेठ १० गते राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो । राष्ट्रपतिले सहमतिका आधारमा नयाँ सरकार गठन गर्न दिएको एक साताको समयमा सहमति नभएपछि बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन हुन लागेको हो ।

आज उम्मेदवार दर्ता भएपछि भोली (सोमबार) बिहान ११ बजे व्यवस्थापिका–संसद्मा प्रधानमन्त्रीको निर्वाचन हुने छ ।

salt training

कमेन्ट गर्नुहोस्