माघ १८, २०८०
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जेठ १९, २०७८
रेशम चौधरीको नाम फेरि एकपटक चर्चामा छ । विगतमा उनी देषी हुन् कि होइनन् भन्ने विषयले चर्चा पायो । अहिले माफी दिन हुने कि नहुने भन्ने विषयमा वादविवाद चल्दैछ।
मधेश आन्दोलनयता बाग्मतीमा धेरै पानी बग्यो । राजनीतिमा धेरै उतारचढाव आयो। तर चौधरी भने डिल्लीबजार कारागारमा सत्ताको बार्गेनिङको अस्त्र बनेर थुनिएका छन्।
कुनै पनि लोकतान्त्रिक राज्यमा यस्तो हुनु नपर्ने हो। न्यायको सिद्धान्त सबैलाई समान रूपमा लाग्नु पर्ने हो।
आन्दोलनका क्रममा अप्रत्याशित रूपमा घटेको घटनाको मुद्दा नेपालमा हुने गरेका अन्य आन्दोलन र घटनाक्रम जस्तै राजनीतिक मुद्दा हुनुपर्ने थियो, तर भनियो फौजदारी अपराध ।
जेहोस्, पछिल्ला दिनहरूमा जसपा र सत्ता पक्षको हिमचिम निकै बाक्लो छ । प्रधानमन्त्री ओलीका लागि जसपा प्राणवायु बनेर सतिसाल झैँ खडा छ । चौधरी जसपाकै सांसद हुन् ।
जसपा भित्रको पूर्व राजपा समूहलाई फकाएर प्रधानमन्त्री केपी ओलीले आफ्नो सरकार बचाउने प्रयत्न जारी राखेका छन्। सम्भवत: उनी यही गठबन्धनलाई टिकाएर निर्वाचनमा जान चाहेका छन् ।
विगतमा चौधरीको सन्दर्भमा राज्य पक्षको जे जस्तो सोच देखिएपनि अहिले परिस्थिति “फेलेक्जिबल” भएको छ । यो निकै सकरात्मक पक्ष हो ।
जसपाकै माग अनुरूप हाल मधेश आन्दोलनका क्रममा लगाइएका कैयौंं मुद्दा फिर्ता भैसकेका छन् । नागरिता विधेयक जारी भैसकेको छ।
जसपाको अर्को प्रमुख माग रेशम चौधरीको रिहाइ अब सम्बोधन हुने क्रममा छ ।
रेशम चौधरीले फरार रहेका बेला संसदको निर्वाचनमा भाग लिएर जितेका थिए।
उनले थुनामा रहेकै अवस्थामा सांसदको शपथ पनि लिए । पछि अदालतले उनलाई दोषी ठहर गर्यो र अहिले उनी सांसद पदबाट निलम्बित छन्।
पुनरावेदन, साधक जाँच वा पुनरवलोकनको रोहमा वा मुद्दा दोहोर्याउने अवस्थामा विचाराधीन रहेको मुद्दा फिर्ता लिन नसकिने भन्दै उनको रिहाइ गर्न यस अगाडिका सरकारहरूले आनाकानी गरिरहेका दिए ।
पछिल्लो समय सरकार र थारु कल्याणकारिणी सभाबीच भएको ६ बुँदे सहमति पत्रमा टीकापुर घटनामा दोषी ठहर भएका सांसद रेशम चौधरीसहित ५८ जनामाथि लागेका मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानूनसम्मत पहल गर्ने सहमति भएको छ ।
यो सहमतिसँगै कैलालीमा रहेका चौधरीका बुवा लालवीरले 'छोरा निर्दाेष थियो, खै किन हो अहिलेसम्म जेलमा राखेका छन् । अबचाहिँ रिहा हुने आशा पलाएको छ,' भन्ने प्रतिक्रिया दिएका छन् ।
उनले आफ्नो छोरो बिरामी रहेकाले धेरै दु:ख नदिन पनि अपिल गरेका छन् ।
चौधरीलाई जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले कर्तव्यज्यान मुद्दामा २० वर्ष कैद सजाय सुनाएको थियो । पछि उनले उक्त फैसलाविरूद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन्।
यस्तो अवस्थामा उनलाई जेलमुक्त गर्ने अर्को उपाय भनेको सजाय माफी हो ।
आन्दोलनकारी र प्रहरीको बीचमा झडप हुँदा निषेधाज्ञा तोड्न भाला, बञ्चरो र खुकुरीसहित आएका आन्दोलनकारीले प्रहरीलाई घेरा हालेका थिए ।
त्यसक्रममा भीड अनियन्त्रित हुन गई झडपमा एसएसपी लक्ष्मण न्यौपाने र इन्सपेक्टर केशव बोहरासहित सात सुरक्षाकर्मीको मृत्यु भएको थियो ।
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...