२८ जेठ २०८३, बिहीबार

एक एक पाइला कोभिड आउटरीच कार्यक्रम, यी डाक्टरहरूलाई सिधै फोन गर्न सकिने

एक एक पाइला कोभिड आउटरीच कार्यक्रम, यी डाक्टरहरूलाई सिधै फोन गर्न सकिने

नेपालका दुर्गम ग्रामीण क्षेत्रका जनतालाई निःशुल्क स्वास्थ्य सेवाहरू प्रदान गर्न एक एक पाइलाले कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

यो एक स्वयंसेवकहरूको एक समूहको  हो।  यसको उद्देश्य नेपालका दुर्गम ग्रामीण क्षेत्रका जनतालाई निःशुल्क स्वास्थ्य सेवाहरू प्रदान गर्नु हो।

यो समूहले अहिले थापाथली, काठमाडौंमा रहेको सिटी क्लिनिक मार्फत सेवा सञ्चालन गरिरहेका छन् ।

समूहको कार्यक्रम बिहान ७:०० देखि  बेलुका ७:०० बजेसम्म रहने बताइएको छ ।

जसअनुसार बिहान:७:०० देखि ९:००  सम्म डाक्टरहरू संग सिधै  कल मार्फत  जवाफ लिन सकिने बताइएको छ ।

यस्तै  बिहान ९: ०० देखि  अपराह्न ५:०० सम्म सबै डाक्टरहरूको कार्य व्यस्तता हुने हुनाले उनीहरूलाई म्यासेज पठाउन सकिने  तर आपतकालिन अवस्थामा भने  सिधै फोन  गरेर आफ्नो समस्या भन्न सकिने बताइएको छ ।

समूहका अनुसार,अपराह्न ५:०० देखि साँझ ७:०० बजेसम्म  डाक्टरहरूसँग सिधै  कल मार्फत  जवाफ लिन सक्नुहुनेछ  ।

 

डाक्टरहरुको  नाम तथा हेल्प लाइन सम्पर्क नम्बरहरु

 डा. सुमन थापा -आँखा :   ९८०१८६३६६१

 डा. कविता धाक्वा - आँखा :  ९८०१८६३६६२

 डा. सुधाम्शु केसी - जनरल चिकित्सा: ९८०२३३२४८८ / ९८४०८७५९००

 डा. सुबोध ढकाल - जनरल चिकित्सा:९८०१८६३६६४

 डा. सबीना भट्टराई- छाला :९८०१८६३६६५

 डा. सृष्टि श्रेष्ठ - छाला :९८०१८६३६६६

 डा. नील पाण्डे - दन्त चिकित्सक : ९८०१८६३६६७

 डा. बिनिता अधिकारी - दन्त चिकित्सक : ९८०१८६३६६८

 डा. कुञ्जन आचार्य - नाक कान घाँटी:  ९८०१८६३६६९

 डा. रवीन्द्र प्रधान - नाक कान घाँटी:  ९८०१८६३६७०

 डा. सपना वैद्य - स्त्री रोग : ९८०१८६३६७१

 डा. रिचा गिरी - स्त्री रोग :९८०१८६३६७२

 डा. ज्योति रायमाझी- सर्जरी :९८०१८६३६७३

 डा. राज राना - आर्थोपेडिक्स :९८०१८६३६७५

 डा. बिष्णु गिरी - बाल रोग : ९८०१८६३६७४

एक एक पाइला मार्फत नियमित मेडिकल सुविधाहरूको अभाव हुने ठाउँमा औषधि र चिकित्सा उपकरणहरूको निःशुल्क वितरण गरिदै आएको छ ।

विशेष गरी ग्रामीण क्षेत्रहरूका कोभिड संक्रमित र  घरमै क्वारेन्टाइनमा भएका मानिसहरुले  यो  सेवा प्रयोग गर्न सकिने एक एक पाइलाले जनाएको छ । ।

हाल सम्म विभिन्न ठाउँमा एक एक पाइलाले ३ हजार ३०  मेडिकल प्याकेट पठाएको जनाएके छ ।

यस्तै दोलखा, जीरी, सिन्धुली, नुवाकोट, रामेछाप, सिन्धुपाल्चोक, बाजुरा, दार्चुला, बैतडी, प्यूठान, बजाङ, उदयपुर, अछाम, रोल्पा, सुन्धुली, काभ्रे, खोटाङ, पाल्पा, दाङ, कपिलवस्तु र खप्तड स्वास्थ्य सामाग्री तथा सेवा दिइने समूहले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्