विवाहित जोडीमा झगडा हुनु कुनै नौलो कुरा हैन । तर झगडा घरभित्रै हुँदा राम्रो, बाहिर अरूले देख्नेगरी तमासा गर्नु ठीक हुन्न ।
रुसको सेन्ट पिटर्सबर्गमा चाहिँ एक जोडी घरको बाल्कोनीमा झगडा गर्दागर्दै बाल्कोनीको रेलिङ भत्केर उनीहरू भुइँमा पछारिएको भिडियो सार्वजनिक भएको छ ।
ओल्गा भोल्कोभा र येवगेनी कार्लागिन नामक यो जोडी एकतल्लामाथि बाल्कोनीमा झगडा गरिरहेका थिए । त्यही क्रममा उनीहरू पछारिए ।
बाटोमा हिँडिरहेको कसैले घटनाको भिडियो खिचेर सामाजिक सञ्जालमा राखिदियो ।
पतिपत्नीलाई अस्पताल भर्ना गरिएको छ । उनीहरूलाई सामान्य चोटपटक मात्र लागेको छ ।
सेन्ट पिटर्सबर्ग राज्य अभियोजक कार्यालयले घटनाको अनुसन्धान शुरू गरेको छ । बाल्कोनीको रेलिङ पहिल्यै खराब थियो कि भनी अनुसन्धान गरिँदैछ ।