१८ असार २०८३, बिहीबार

रूपन्देहीमा जेठ मसान्तसम्म थपियो निषेधाज्ञा

रूपन्देहीमा जेठ मसान्तसम्म थपियो निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञाको अवधि जेठ ३१ गतेसम्म लम्ब्याएको छ ।

जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बिहीवार बसेको बैठकले निषेधाज्ञा थप गर्न सिफारिस गरेको थियो ।

सिफारिस अनुसार प्रमुख जिल्ला अधिकारी (सीडीओ) अस्मान तामाङले जेठ ३१ गते राति १२ बजेसम्मका लागि लागू हुने गरी निषेधाज्ञालाई निरन्तरता दिएका हुन् ।  

कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमण तीब्र बन्दै गएकाले यसको नियन्त्रण, रोकथाम र उपचार व्यवस्थापनको लागि निषेधाज्ञाको आदेशलाई निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशमा उल्लेख छ ।

कोरोना संक्रमणको दोस्रो लहर फैलिएपछि वैशाख १६ गतेदेखि रुपन्देहीमा निषेधाज्ञा लगाइएको छ । 

बिहीवार थप गरिएको निषेधाज्ञामा औषधि उपचार तथा अत्यावश्यक कामबाहेक मर्निङ वाक र ईभिनिङ वाकमा समेत रोक लगाइएको छ ।

बैठकले सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधन सञ्चालन गर्न नदिने, सबै प्रकारका पार्टी प्यालेस, सिनेमा हल, सेमिनार, तालिम, गोष्ठी, सम्मेलन, सैलुन, मनोरञ्जन स्थल, डिपार्टमेन्टल स्टोर्स, शपिङ मल, व्यूटीपार्लर, स्वीमिङ पुल, संग्रहालय, पुस्तकालय, सामूहिक खेलकुद र जिमखाना बन्द गर्ने निर्णय गरेको छ ।

बैंकमा १–१ जना प्राविधिक जनशक्तिबाट सेवा प्रदान गरी सम्पूर्ण बैक र वित्तीय संस्थाहरू बन्द गर्ने निर्णय गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्