१९ असार २०८३, शुक्रबार

अर्थमन्त्रीको घोषणापछि खाद्य र साल्ट ट्रेडिङबाट केही वस्तुमा छुट दिने तयारी

जेठ २०, २०७८
अर्थमन्त्रीको घोषणापछि खाद्य र साल्ट ट्रेडिङबाट केही वस्तुमा छुट दिने तयारी

सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेसनले केही खाद्य वस्तुमा छुट दिने भएका छन् । 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेसनबाट खाद्य पदार्थ खरिद गर्दा २० प्रतिशतसम्म छुट पाइने बताएका थिए ।

दुवै कम्पनीले बिक्री गर्दै आएको चामल, चिनी, नून, तेल, तथा खाना पकाउने ग्यास खरिद गर्दा छुट पाइने छ । खाद्य कम्पनीको अनलाइन होम डेलिभरी तथा साल्ट ट्रेडिङ कर्पाेरेसनको मोबाइल भ्यान तथा बिक्री काउन्टरबाट खाद्य पदार्थको खरिद गर्दा छुट पाइने व्यवस्था गरिएको थियो । 

कर्पाेरेसनले पिठो, चिनी, नून, भटमासको तेल र खाना पकाउने तेल तथा खाद्य कम्पनीले चामल र कर्णालीको सिमीमा २० प्रतिशत छुट दिनेछ । छुट लिन पहिचान खुल्ने प्रमाणपत्र लिएर जानुपर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्