२५ असार २०८३, बिहीबार

अध्यादेश ल्याउने मन्त्रिपरिषद् बैठकको निर्णय

अध्यादेश ल्याउने मन्त्रिपरिषद् बैठकको निर्णय


सरकारले नेपाल चिकित्सक संघको माग बमोजिम अध्यादेश ल्याउने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले चिकित्सकमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न सकिने प्रावधानसहितको अध्यादेश ल्याउने निर्णय गरेको हो ।

चिकित्सकमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्ने कानुन बनाउनुपर्ने भएकाले अध्यादेश ल्याउने निर्णय भएको बैठकपछि एक मन्त्रीले जानकारी दिए ।
केही साताअघि नेपालगन्जमा कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सकमाथि आक्रमण भएपछि त्यसको चौतर्फी विरोध भएको थियो भने नेपाल चिकित्सकले अध्यादेशमार्फत कानुन बनाउन माग गर्दै सरकारलाई एक साताको समय दिएको थियो ।

यस्तै बैठकमा देशभर जारी निषेधाज्ञाको सम्बन्धमा समीक्षा हुनुका साथै  निषेधाज्ञालाई प्रभावकारी बनाउँने विषयमा पनि छलफल भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्